Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन


शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन

काठमाडौँ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले अब बन्ने विद्यालय शिक्षा ऐनमा प्रारम्भिक बाल विकास (ईसीडी)लाई स्पष्ट पहिचानसहित कानूनी व्यवस्था गर्न पहल गर्ने बताएकी छिन् ।

आईतवार काठमाडौंमा सरोकारवालाहरुसँगको छलफलमा बोल्दै सभापति शेरचनले प्रारम्भिक बाल विकासलाई प्रभावकारी बनाउन वैज्ञानिक प्रमाणमा आधारित नीति निर्माण, सिर्जनशीलतामा आधारित सिकाइ प्रणाली आवश्यक रहेको पनि बताइन् । उनले प्रारम्भिक शिक्षामा रटानमा आधारित पद्धतिको सट्टा खेलमा आधारित तथा बालकेन्द्रित सिकाइमा जोड दिनुपर्ने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिएकी छिन् । स्थानीय सरकारहरुले ईसीडी केन्द्रमा बालकेन्द्रित सिकाइ भए–नभएको नियमित अनुगमन र निरीक्षण गर्नुपर्नेमा पनि जोड दिइन् । उनले विद्यालय शिक्षा ऐनमा ईसिडीसम्बन्धी छिमेकी मुलुक भारतलगायतका मुलुकका अभ्यासबाट समेत सिक्न सकिने बताएकी छिन् । उनले नेपालको कला, संस्कृति, समूदायको आवश्यकता तथा सामाजिक परिवेशअनुसारको शिक्षा प्रणाली विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन् । नेपालमा हाल करिब १२ लाख २० हजार ५ सय ३८ बालबालिका ईसीडीमा रहेको तथ्यांक प्रश्तुत गर्दै सभापति शेरचनले विद्यार्थी भर्नाको अनुपात निजी विद्यालयहरुमा रहेको बताएकी छिन् ।

उनले भनिन्, ‘भारतको तीन वर्षदेखि आठ वर्षसम्मको बेस्ट करिकुलम छ । त्यतातिर पनिउ जान सकिन्छ । तर हामीले हाम्रो शिक्षा प्रणाली परिवर्तन गर्न जरुरी रहेको छ । यो रटानको सिकाई प्रणालीभन्दा हामी बरु खेलकुदमा आधारित प्रणालीमा जानुपर्छ । अनि स्थानीय तहहरु खेलकुदमा आधारित सिकाई भए नभएको निरन्तर निरीक्षण गर्नुपर्यो । हामीले यसको लागि तीन तहको सरकारको जिम्मेवारी पनि स्पष्ट रुपमा बाँडफाँड गर्नुपर्ने आवश्यकता रहेको छ ।’

सभापति शेरचनले सरोकारवालाहरुको माग र सुझावहरुलाई अधिकतम सम्बोधन गरिने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।


प्रकाशित मिति: १८ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?