Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा गिरि


१ वैशाख ,काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको केन्द्रीय अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्‌ । सङ्घको नवौँ महाधिवेशनको आज सम्पन्न मतगणनामा गिरीले अर्का अध्यक्षका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई सात मतले पराजित गर्दै विजयी भएका हुन् ।

अध्यक्ष गिरीले तीन सय पाँच मत प्राप्त गरे भने अर्का उम्मेदवार बानियाँले दुई सय ९८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत दीपकलाल खतिवडाले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही, महिला उपाध्यक्षमा धना भण्डारी, कोशी प्रदेश उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेश उपाध्यक्षमा छोटेलालप्रसाद साह, बागमती प्रदेश उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी प्रदेश उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमप्रसाद भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ र सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का विजयी भएका छन् ।

महासचिवमा ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल, उपमहामहासचिव मधेशमा तीर्थराजप्रसाद यादव, उपमहासचिव समावेशीमा सीतादेवी थापा र उपमहासचिव कर्णालीमा कालीबहादुर शाही विजयी भएका छन् ।

शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधि आजै चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।

शिक्षक सङ्घबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्नका लागि भएको निर्वाचनमा निवर्तमान अध्यक्ष राजेन्द्रराज पौडेल, लक्ष्मीकिशोर सुवेदी, लक्ष्मणदत्त भट्ट, यमपी भुसाल, पद्मिनी थापा र सीता गैह्रे निर्वाचित भएका थिए ।


प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?