Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सामुदायिक विद्यालयबाट कुनै पनि शुल्क नलिन महानगरको अनुरोध


३० चैत्र ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई अभिभावकबाट कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागका, शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सूचना जारी गरेर शिक्षा नियमावली २०७९ (नवौँ संशोधन) को नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यर्थीबाट नियम १५२ बमोजिमका नियम १४६ (१) मा उल्लेखित शुल्क लिन नपाउने भन्ने स्पष्ट व्यवस्था भएको जानकारी गराएका छन् ।

यसैगरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपय विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै विभागमा गुनासो आएको हुँदा कुनै पनि शुल्क नलिन महानगरले आग्रह गरेको छ ।

अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिनेसमेत महानगरले चेतावनी दिएको छ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?