Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चार स्रष्टा पुरस्कृत


गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले चार जना स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । मञ्चले स्थापना गरेको विभिन्न पुरस्कारबाट चार जना स्रष्टा पुरस्कृत भएका हुन्‌ । भानु नगरपालिका–१२ बयापानीमा आज आयोजित स्रष्टा सम्मान तथा काव्य उत्सवको अवसरमा प्रा डा सुरेन्द्र केसीले पुरस्कार प्रदान गरेका हुन्‌ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङलाई नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली इतिहास एवं संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै गुरुङलाई उक्त पुरस्कार अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन्‌ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

क्षेत्र प्रताप अधिकारी स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिइ हाल काठमाडौ बूढानीलकण्ठ निवासी डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

गीतल राष्ट्रिय पुरस्कार कास्कीको पोखरा महानगरपालिका–८ निवासी चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

गीतल प्रतिभा पुरस्कार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी कवि एवं गजलकार अथाह सागर तीर्थमानलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको सचिव माधव अधिकारीले जानकारी दिए । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार भने यसै वर्षदेखि पहिलोपटक प्रदान गरिएको हो ।

कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले साहित्यको क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको काम सकारात्मक रहेको चर्चा गरेका थिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि नगरपालिकाले काम गरिरहेको बताए । कार्यक्रममा भारत, भुटानलगायत नेपालका विभिन्न ठाउँबाट सहभागी स्रष्टाले साहित्यवाचन गरेका थिए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?