Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

चार स्रष्टा पुरस्कृत


गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले चार जना स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । मञ्चले स्थापना गरेको विभिन्न पुरस्कारबाट चार जना स्रष्टा पुरस्कृत भएका हुन्‌ । भानु नगरपालिका–१२ बयापानीमा आज आयोजित स्रष्टा सम्मान तथा काव्य उत्सवको अवसरमा प्रा डा सुरेन्द्र केसीले पुरस्कार प्रदान गरेका हुन्‌ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङलाई नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली इतिहास एवं संस्कृतिमा पुर्याएको योगदानको कदर गर्दै गुरुङलाई उक्त पुरस्कार अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन्‌ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

क्षेत्र प्रताप अधिकारी स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिइ हाल काठमाडौ बूढानीलकण्ठ निवासी डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।

गीतल राष्ट्रिय पुरस्कार कास्कीको पोखरा महानगरपालिका–८ निवासी चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु दश हजार रहेको छ ।

गीतल प्रतिभा पुरस्कार तनहुँको शुक्लागण्डकी नगरपालिका–४ निवासी कवि एवं गजलकार अथाह सागर तीर्थमानलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको सचिव माधव अधिकारीले जानकारी दिए । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार भने यसै वर्षदेखि पहिलोपटक प्रदान गरिएको हो ।

कार्यक्रममा प्रा डा सुरेन्द्र केसीले साहित्यको क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको काम सकारात्मक रहेको चर्चा गरेका थिए । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि नगरपालिकाले काम गरिरहेको बताए । कार्यक्रममा भारत, भुटानलगायत नेपालका विभिन्न ठाउँबाट सहभागी स्रष्टाले साहित्यवाचन गरेका थिए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?