Trending
>>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ? >>   हतारमा काम गर्दा सबै सांसदहरु बेकुफ भयौँः सांसद कार्की >>   पुरुषका यस्ता व्यवहार,जसले महिलालाई हुरुक्कै बनाउँछ >>   संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी होः श्याम घिमिरे >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि हुने अपमान बन्द गरौँः सांसद ढकाल >>   संसदीय समितिमा नक्कली व्याकुल माइलाको चर्चा >>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गरे । उनले केही प्रतिपक्षी दलहरुले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताए । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘केही समयदेखि संसद अवरोध भएको छ । यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसदको अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ । यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’

गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?