Trending
>>   भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएः प्रधानमन्त्री ओली >>   एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गर्दै अध्यक्ष केसीले भने– एकताको ढोका सबैको लागि… >>   सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुन्छः सांसद बस्नेत >>   रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणीः सरकारमा सहभागी गराउन्जेलसम्म एमाले अध्यक्षकै घरमा उठबस हुन्थ्यो >>   क्रिकेटर पूजा भिरा एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त >>   यो समीकरण मन नपराउनेहरु सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्ः महासचिव पोखरेल >>   केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले कानून संशोधनले सुशासन, दिगो विकास र वातावरण संरक्षणमा टेवा… >>   सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रतिनिधि सभामा प्रश्तुत >>   काठमाडौं जिल्ला अदालतबाट चालु आ.व.को असार २७ सम्म २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट >>   सामुदायिक विद्यालयमा स्पोर्ट एकेडेमी, डिजिटल शिक्षाको व्यवस्था, उद्यमशीलता क्लव स्थापना गर्ने कामनपाको घोषणा
Logo
३० असार २०८२, सोमबार
३० असार २०८२, सोमबार

जगदुल्ला हाइड्रोपावर ठेक्का प्रकरणः अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग


काठमाडौँ। जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ ।

डोल्पाका लाप्पा शेर्पाले राष्ट्रिय महत्वको आयोजनामा अनियमितता भएको भनि दिएका उजुरीका आधारमा आजको लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमललाल मोदीले कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता भएको बताए । उनले खरिद नियमावली अनुसार जोडिएका विषयहरुमाथि खेलबाड गरिनुले गम्भीर प्रश्न उठेको छ । उनले यसबारे लेखा समितिले छानविन गर्नुपर्ने बताए ।

उनले भने ;कुनैपनि ठेक्का लगाउँदा मपदण्ड हुन्छ । मापदण्डमा चार वटा कम्पनी राखिएको थियो । चार वटामा २ वटालाई पहिल्यै फालिए । उनीहरुको मापदण्ड पुगेन । दुई वटा कम्पनी छानिएको मध्येमा सिनो हाइड्रोपावरकै डकुमेण्ट जोवाइन्ट कम्पनी जुन छ , जेसीई–एएनके, ऐनके भन्ने जुन छ, उनीहरुले लिएर कपि पेस्ट गरेर राखेका रहेछन् । ति डकुमेन्टहरु गुगलमा राखेर चेक गर्नुपर्छ । उनीहरुले पेश गरेको विवरण गुगलमा मैले राखेर चेक गर्दा कुनै पनि हाइड्रोपावर बनाएको देखिन्न । गाउँ छ, शहर छ, त्यो लोकेशनमा कुनै हाइड्रोपावर देखिन्न । त्यहाँ कुनै कम्पनी पनि छैन । अर्काको कम्पनी लिएर, अर्काले काम गरेको सर्टिफिकेट लिएर, त्यही मोडलमा एकैपटक हालिएको छ । त्यसैलाई जगदुल्ला कम्पनीले त्यहाँको मुल्यांकन समितिले त्यसैलाई सदर गरेको रहेछ । यो गम्भीर कुरा हो ।’

नेपाली काँग्रेस सांसद राजन केसीले झुटो जालसाझी गरेर गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताए । उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गरे ।

उनले भने ‘नक्कली डकुमेण्टका बारेमा प्रश्न उठेको छ । सम्बन्धित निकायसँग कागजात मगाएर अनुसन्धान गरौं । त्यतिनजेल केही काम अघि नबढान निर्देशन दिनुपर्छ ।’

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरुबारे प्राविधिकहरुलाई राखेर छानविन गरिनुपर्ने बताए । उनले दुवैतिर ख्याल गरेर छानविन हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘हामी खासै कुरा बुझ्दैनांै । टेक्निकल मान्छे राखेर डकुमेण्ट चेक गराउनुपर्छ । अहिले ठेक्का आफूले नपाएपछि जालझेल गरेर रोक्ने टे«न पनि छ, हामीले ख्याल गर्नुपर्छ ।’

केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई एएनके जेभीमाथि छानविन थालेको थियो ।

लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन् ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?