Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रास्वपा लक्षित महासचिव पोखरेलको टिप्पणीः सरकारमा सहभागी गराउन्जेलसम्म एमाले अध्यक्षकै घरमा उठबस हुन्थ्यो


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेससँग बनेको सरकारमा आफूलाई सहभागी नगराउने भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेमाथि प्रहार गर्न शुरु गरेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा आईतवार विधान महाधिवेशनको सन्दर्भमा आयोजित केन्द्रिय विभागहरुको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीतिमा मुल धारका राजनीतिक दलहरुको विकल्पको रुपमा आउन खोजेकाहरुले जनतामा सामाजिक सञ्जालको माध्यमबाट निराशाको खेती गरेको आरोप लगाए । निराशाको विकल्पका रुपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा नेपालको राजनीतिमा पपुलिजमलाई प्रवद्र्धन गर्ने काम गरेको बताए । नयाँको परीक्षण छिटो हुन दिनुपर्छ भनेर नै नेकपा एमालेले उनीहरुले मागेको मन्त्रालय पहल गरेर दिएको बताए । त्यो बेलासम्म रास्वपाका नेताहरुको भरोसाको केन्द्र नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भएको र उनीहरुको उठबस नै एमाले अध्यक्षको घर रहेको जिकिर गरे । काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुगेसँगै रास्वपाबाट प्रहार शुरु भएको बताए ।

महासचिव पोखरेलले भने, ‘नेपालको राजनीतिमा मुल धारका राजनीतिक दलहरुको विकल्पको रुपमा आउन खोजेकाहरुले एक प्रकारले जनतामा सोसल मिडियाका माध्यमबाट निराशा सिर्जना गर्ने, त्यो निराशाको विकल्पका रुपमा आफ्नो औचित्य पुष्टि गर्ने, त्यही मान्यताको जगमा उनीहरुले नेपालको राजनीतिमा पपुलिजमलाई प्रवद्र्धन गर्ने काम गरे । त्यसलाई पार्टीका रुपमा संगठित गर्ने काम गरे । उनीहरुलाई परीक्षण हुन दिनुपर्छ भन्ने मान्यताका आधारमा सत्ताको साझेदार बनाउने नीति लियौँ । जे माग्छन्, त्यसका लागि पैरवी गरिदियौँ । गृहमन्त्रालय, शिक्षामन्त्रालय, श्रम मन्त्रालय, स्वास्थ्य राज्यमन्त्री बनाएर कामको जिम्मा दियौँ । पपुलिस्टलाई कामद्वारा देखाउनुपर्छ भन्ने मान्यताका लागि ठाउँ दियौँ । त्यतिन्जेलसम्म अहिलेका रास्वपाका नेताहरुको भरोसाको केन्द्र नेकपा एमालेका अध्यक्षको घर थियो । बस उठ त्यहीँ हुने गर्दथ्यो । काँग्रेससँगको सहकार्यपछि रास्वपालाई सरकारमा सहभागी नगर्ने निष्कर्षमा पुग्यौँ । त्यसपछि रास्वपाको प्रहार शुरु भयो ।’

महासचिव पोखरेलले आज रवि लामिछाने थुनामा जानुको कारण तल्लो अदालतको फैसलाको चित्त नबुझेर माथिल्लो अदालतमा जानुको परिणाम भएको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?