Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

यो समीकरण मन नपराउनेहरु सरकार ढल्यो भन्ने भ्रम फिँजाउन व्यस्त छन्ः महासचिव पोखरेल


काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण मन नपराउनेहरु अहिले पनि सरकारको बारेमा भ्रम छरिरहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टीका सबै विभागहरुको संयुक्त छलफललाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले हरेक दुई महिनामा सरकार ढल्दैछ भन्ने भ्रम फिँजाउने काम भइरहेको र प्रधानमन्त्री र पार्टी सभापतिहरुले सरकार जारी रहन्छ भनेर स्पष्टीकरण दिइरहनुपरेको बताए । उनले वर्तमान समीकरण मन नपराउनेहरुले अहिलेको समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेको बताए । स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित देख्ने जमातबाट यो काम भइरहेको बताए ।

महासचिव पोखरेलले भने, ‘हरेक दुई महिनामा प्रधानमन्त्री र पार्टीका सभापतिले भन्नुपरिरहेको छ, यो सरकार जारी रहन्छ । यस्तो किन हुने गर्दछ भने यो समीकरण मन नपराउनेहरु यो समीकरणका विरुद्ध भ्रम सिर्जना गर्ने खेतीपाती गरिरहेकै छन् । यो चिजलाई हामीले बुझ्नुपर्दछ । हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला चलाइन्छ तर सरकार निरन्तर जारी छ । एक वर्ष हामीले गुजारीसक्यौँ । यो मुलुकमा स्थायित्वबाट आफ्नो भविष्य असुरक्षित हुने जमात छ । उनीहरु निरन्तर रुपमा अस्थिरताका लागि सोसल मिडियाको दुरुपयोग गरिरहेका छन् ।’

महासचिव पोखरेलले प्रमुख पार्टीहरु सरकारमा गएपछि लोकतन्त्रले के दियो र गणतन्त्रले के दियो भन्ने अभियान चलाइएको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?