Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुन्छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले आफूहरु सुशासन कायम गर्न, राजनीतिक स्थायित्व दिन बनेको भनेपनि त्यो अहिलेसम्म पुष्टि हुन नसकेको बताए । संविधान संशोधन, राजनीतिक स्थिरताको अपेक्षा यो सरकारबाट गर्नु नै मूर्खता हुने जिकिर गरे । सरकार अनियमितताको ढाकछोप गर्नको लागि बनेको बताए ।

सांसद बस्नेतले भने, ‘हामीले भन्दै आएको कुरा के हो भने यो सरकार सुशासन कायम गर्नको लागि होइन । यि त देखिँदै आएका छन् । अरु आर्थिक विकासका दृष्टिले होस् । संविधान संशोधन गर्ने, राजनीतिक स्थिरता कायम गर्ने विषयहरु थिए, यि सबै विषयहरुमा सरकारबाट अपेक्षा गर्नु नै मूर्खता हो जस्तो भइसक्यो ।’

सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?