Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुन्छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु नै मूर्खता हुने बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले आफूहरु सुशासन कायम गर्न, राजनीतिक स्थायित्व दिन बनेको भनेपनि त्यो अहिलेसम्म पुष्टि हुन नसकेको बताए । संविधान संशोधन, राजनीतिक स्थिरताको अपेक्षा यो सरकारबाट गर्नु नै मूर्खता हुने जिकिर गरे । सरकार अनियमितताको ढाकछोप गर्नको लागि बनेको बताए ।

सांसद बस्नेतले भने, ‘हामीले भन्दै आएको कुरा के हो भने यो सरकार सुशासन कायम गर्नको लागि होइन । यि त देखिँदै आएका छन् । अरु आर्थिक विकासका दृष्टिले होस् । संविधान संशोधन गर्ने, राजनीतिक स्थिरता कायम गर्ने विषयहरु थिए, यि सबै विषयहरुमा सरकारबाट अपेक्षा गर्नु नै मूर्खता हो जस्तो भइसक्यो ।’

सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?