Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गर्दै अध्यक्ष केसीले भने– एकताको ढोका सबैको लागि खुला छ


काठमाडौँ। सर्वोच्च अदालतले आफूलाई मान्यता दिएको दाबी गर्दै बद्री केसी समूहद्वारा एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गराउने घोषणा गरिएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले आगामी १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारी तिब्र बनाएको जानकारी दिएका हो । हालसम्म ७२ हजार सदस्यता वितरण गरिसकेको र करिव पाँच हजार सदस्य स्वीकृत हुन बाँकी रहेको संघले जनाएको छ । वर्तमान कार्यसमिति डा. बद्री केसीको अध्यक्षतामा विधानतः कार्यरत रहेको र सर्वोच्च अदालतले समेत वैधानिकता पुष्टि गरिसकेको दाबी गर्दै संघले अगामी अक्टोवरमा महाधिवेशन गर्न कुनै रोकावट नरहेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले १२औं महाधिवेशनका लागि हालसम्म १५ वटा राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

महाधिवेशनका लागि निर्वाचन समिति, अनुगमन समिति र न्यायिक समिति समेत गठन भइसकेको उनको भनाइ छ । उनले संघभित्रको एकतालाई मुख्य एजेन्डा बनाउँदै सबै पक्षका लागि ढोका खुला राखिएको स्पष्ट पारे । अध्यक्ष केसीले राष्ट्रिय समन्वय परिषद (एनसीसी) देखि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) सम्मको निर्वाचन प्रक्रियामा सबैलाई सहभागी हुन आग्रह गरिएको बताए । उनले निर्वाचन प्रक्रियामा पनि सबै पक्षलाई समानरूपमा सहभागी गराउने नीति संघले लिएको जिकिर गरे ।

उनले भने, ‘हामीले एकताको लागि सबैका लागि बाटो खुला गरेका छौं । राष्ट्रिय समन्वय परिषद्को सदस्य बन्दादेखि नै अब विवाद गरेर बस्ने समय छैन भनेर हामीले सबैलाई सदस्य बन्न भनेर आह्वान गरेका थियौं । राष्ट्रिय समन्वय समितिको चुनावमा पनि हामीले सबै पक्षका साथिहरुलाई त्यही नै भनिरहेका छौं । र अन्तर्राष्ट्रिय समन्वय समितिको चुनावमा पनि हामी सबैका लागि बाटो खुल्ला गरेर गएका छौं ।’

संघले हालसम्म चार करोड रुपैयाँभन्दा बढी परोपकारी र मानवीय कार्यमा खर्च गरेको जनाएको छ । बाढी, पहिरो, भूकम्प तथा आगलागी पीडितका लागि राहत सहयोग, स्वास्थ्य क्षेत्रमा अक्सिजन प्लान्ट र ब्लड बस हस्तान्तरण, शिक्षा तथा खेलकुद क्षेत्रमा सहयोग लगायतका कार्यहरू संघले गरेको छ । संघका अध्यक्ष डा. बद्री केसीलाई सरकारले लगानी प्रवद्र्धन समिति र वैदेशिक रोजगार बोर्डको आमन्त्रित सदस्यमा नियुक्त गरेसँगै सरकार र संघबीचको सहकार्य अझ सुदृढ भएको संघले जनाएको छ ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?