Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

क्रिकेटर पूजा भिरा एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर नियुक्त


काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउण्डर पूजा महतो भिरा एजुकेशन कन्सल्टेन्सी प्रा.लि.को ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन् ।

काठमाडौंमा आईतवार एक कार्यक्रमकाबीच भिराले नेपाली महिला क्रिकेट टोलीकी उपकप्तानसमेत रहेकी पूजालाई खेलाडी करियर रहेसम्मका लागि आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो । सम्झौता पत्रमा भिराकी संस्थापक प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच हस्ताक्षर भएको हो । भिराले नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तानसमेत रहेकी पूजालाई क्रिकेट करिअरका भरको लागि नियुक्त गरेको हो । सम्झौतापत्रको रकम भने खुलाएको छैन । सो कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका उपाध्यक्ष रोशन सिंह, शैक्षिक परामर्श व्यावसायिक महासंघका अध्यक्ष राजेन्द्र बराल र इक्यानका अध्यक्ष शेषराज भट्टराईलगायत उपस्थित थिए ।

भिराकी संस्थापक प्रबन्ध निर्देशक रेश्मा महर्जनले देशका लागि योगदान पुर्याउँदै आएको धेरै छोरीहरूलाई प्रोत्साहित गरिरहने बताइन् । पूजाले यस किसिमको सहकार्यले एउटा खेलाडीलाई आफ्नो क्रिकेट करियर अगाडि बढाउने ठूलो मद्दत पुग्ने आशा व्यक्त गरिन् । उनले आफूलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने क्यानका उपाध्यक्ष रोशन सिंहलाई धन्यवाद पनि दिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पछिल्ला समय नेपालका एजुकेसन कन्सल्टेन्सीले नेपाली क्रिकेटरहरूको आत्मबल बढाउन काम गरिरहेको आभार व्यक्त गर्दै पूजालाई खेल करियरभरका लागि आबद्ध गर्नु सुखद पक्ष रहेको बताए ।

उनले खेलाडीहरूलाई प्रोत्साहित गर्नु भनेको समग्र नेपाली क्रिकेटको विकासमा नै एउटा इट्टा थप्ने काम भएको बताए । साथै क्यान अध्यक्ष चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) का आएका विवाद छिटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । पूजाले सन् २०२३ मा आइसिसी महिला टी ट्वान्टी एसिया क्वालिफायरमा हङकङसँगको खेलमा डेब्यु गरेका थिइन् । उनकै कप्तानीमा नेपालले सन् २०२४ को नोभेम्बरमा यु–१९ महिला टी ट्वान्टी विश्वकपमा स्थान बनाएको थियो । पूजाले यसै क्वालिफायरमा कुवेतविरुद्ध ६९ बलमा १३० रनको अविजित इनिङ खेलेकी थिइन् ।

सिनियर टोलीबाट पनि उनले टी ट्वान्टी आईमा ३७ खेल खेल्दै चार सय ३८ रन जोड्दा २७ विकेट लिएकी छन् । उनै पूजालाई क्रिकेट करियरभरका लागि भिराले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । सोही कार्यक्रममा नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक जगत टमटालाई सम्मान गरेको गरिएको थियो । नेपालको महिला, पुरुष र विभिन्न उमेरसमूहको क्रिकेट टोलीलाई प्रशिक्षक बनेका टमटालाई सम्मान गरिएको हो ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?