Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले कानून संशोधनले सुशासन, दिगो विकास र वातावरण संरक्षणमा टेवा पुग्ने मन्त्री चौरसियाको विश्वास


काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले दिगो विकास, सुशासन र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

विधेयकमाथि राष्ट्रिय सभाबाट आएको संशोधनबारे प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौरसियाले यस्तो विश्वास व्यक्त गरे । विधेयक पास भएसँगै प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटीहरु सच्याउँदै नागरिकमैत्री शासन प्रणाली निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ । उनले दुवै सदनको समितिबाट गहन छलफल भएर आएको विधेयक संसदले पारित गरेपछि कार्यान्वयनमा स्पष्टता आउने विश्वास समेत व्यक्त गरे ।

उनले भने, ‘विधेयकको प्रश्तावमा गरिएको व्यवस्थाबाट प्रचलित कानूनमा रहेको प्राविधि त्रुटी सुधार हुनुको साथै नेपालको दीगो तथा सन्तुलित विकास, सुशासनको प्रत्याभुती, वातावरण संरक्षण र नागरिकमैत्री वातावरण कायम गर्ने राज्यको उद्देश्य पुरा गर्न टेवा पुग्ने अपेक्षा गरेको छु । दुवै सदनको समितिबाट गहन रुपमा छलफल भएको विधेयक सम्मानित सदनबाट पारित भएसँगै संशोधन हुने ऐनहरुमा थप स्पष्टता भई कार्यान्वया हुने विश्वास गरेको छु ।’

यो विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा आएको थियो । १६ वैशाख २०८२ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ असार २०८२ मा राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाएको थियो ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?