Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताएका छन् ।

झापाको बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताएका हुन् । उनले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय पर्या भन्दै हस्ताक्षर गर्ने गरेको बताए । अदालतले थुन्ने आदेश दिएपनि एमालेमाथि प्रहार भइरहेको बताए । उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए । भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट तत्वहरु हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन् । सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय पर्यो भन्ने । हामीले गरिदिएको हो अन्याय । अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो ? मुद्दा लड्न जाउ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ । मुद्दा लड्न पाइन्छ । अनि जे भएपनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने । मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने । यस्तो पनि हुन्छ ? यो वास्वतमा भ्रष्ट तत्वहरुका चर्चा हुन् । ति भ्रष्ट तत्वहरु, प्रतिपक्षमा रहेका त्यस्ता तत्वहरु ति तत्वहरुले वास्तवमा यस्तो झुट अफवाह फैल्याएका छन् ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरुले अफवाह फैल्याइरहेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?