Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताएका छन् ।

झापाको बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताएका हुन् । उनले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय पर्या भन्दै हस्ताक्षर गर्ने गरेको बताए । अदालतले थुन्ने आदेश दिएपनि एमालेमाथि प्रहार भइरहेको बताए । उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए । भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्ट तत्वहरु हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन् । सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय पर्यो भन्ने । हामीले गरिदिएको हो अन्याय । अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो ? मुद्दा लड्न जाउ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ । मुद्दा लड्न पाइन्छ । अनि जे भएपनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने । मेरो भैँसी भीरबाट लड्यो भनेर निहुँ खोज्ने । यस्तो पनि हुन्छ ? यो वास्वतमा भ्रष्ट तत्वहरुका चर्चा हुन् । ति भ्रष्ट तत्वहरु, प्रतिपक्षमा रहेका त्यस्ता तत्वहरु ति तत्वहरुले वास्तवमा यस्तो झुट अफवाह फैल्याएका छन् ।’

प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरुले अफवाह फैल्याइरहेको बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?