Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

काठमाडौं जिल्ला अदालतबाट चालु आ.व.को असार २७ सम्म २६ हजार ७ सय ४४ मुद्दा फर्छ्यौट


काठमाडौँ। जिल्ला अदालत काठमाडौंमा चालु आर्थिक वर्षको असार २७ गतेसम्म २५ हजार ६ सय ३९ वटा मुद्दा दर्ता भएका छन् ।

आईतवार पत्रकार सम्मेलनको आयोजना गरी अदालतले यसबारेमा जानकारी गराएको हो । गत वर्षको जिम्मेवारी सरेको मुद्दा २६ हजार ५०२ गरी यस आर्थिक वर्षमा अदालतमा जम्मा लगत संख्या ५२ हजार १ सय ४१ पुगेको छ । पत्रकार सम्मेलनका क्रममा काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले चालु आ.व.को असार २७ गतेसम्म अदालतले २६ हजार ७ सय ४४ मुद्दा फछ्र्यौट गरेको बताए । अब २५ हजार ३ सय ९७ वटा मुद्दा बाँकी रहेको बताए ।

अदालतले दुई वर्ष नाघेका बाँकी मुद्दा १ हजार ८ सय ५३ वटा रहेको बताएको छ । त्यस्तै फैसला कार्यान्वयनतर्फ चालु आ.व.को असार २७ गतेसम्म जम्मा लगत ३३ हजार ३ सय ९३, फछ्र्यौट ४ हजार १ सय ८०, बाँकी २९ हजार २ सय १३ रहेको छ । कैदतर्फ ८२ प्रतिशत फछ्र्यौट भएका छन् भने जरिवानातर्फ ४२ प्रतिशत फछ्र्यौट भएका छन् । सरकारी बिगोतर्फ ३७ लाख ३४ हजार ४ सय ५९ फछ्र्यौट भएका छन् भने निवेदनतर्फका २ हजार ४ सय २७ फछ्र्यौट भएका छन् । त्यस्तै मेलमिलापतर्फ मेलमिलाप केन्द्रमा पेश भएका २ हजार ७ सय ५ मुद्दामध्ये सफल भएका मुद्दाको संख्या ३ सय १ रहेको छ । मेलमिलाप शाखामा चालु रहेका मुद्दा ३ सय ८४ र मेलमिलाप हुन नसकी फिर्ता भएका मुद्दा २ हजार २० रहेको छ । मेलमिलापतर्फ कुल सफल प्रतिशत १४.२० रहेको छ ।

अदालतले २०७७—०७८ मा ३७.०९, २०७८—०७९ मा ३९.२९, २०७९—०८० मा ४२.४५, २०८०—०८१ मा ४६.८१ र २०८१—०८२ मा ५१.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशहरुको जम्मा दरबन्दी ४३ रहेकोमा अहिले ३९ जना हुनुहुन्छ । ४ जना रिक्त छ । अन्य अदालतबाट काजमा जानुभएको न्यायाधीशको संख्या २ गरी अहिले काम गरिएको न्यायाधीशको संख्या ३७ रहेको अदालतले जनाएको छ । अदालतले कार्यबोझ, न्यायाधीश तथा कर्मचारीहरुको दरबन्दीअनुसार अदालतको भवन लगायतको भौतिक अवस्था अपुग भएको गुनासो गरेको छ ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?