Trending
>>   संयुक्त राष्ट्र संघ महासभाद्वारा गाजामा तत्काल युद्धविरामको माग गर्दै प्रश्ताव पारित >>   स्पेनले इयु प्रवेश सन्धिको ४० औं वार्षिकोत्सव मनायो >>   विद्रोही नेताहरू कंगोमा शान्तिपूर्ण समाधानका लागि खुलाः संयुक्त राष्ट्र संघका दुत >>   ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको छः कृषिमन्त्री अधिकारी >>   इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ >>   भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु >>   जनतालाई निकास चाहिएको छ, अब नयाँ वैकल्पिक धारा चाहिन्छः महासचिव चन्द >>   अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल >>   विगतको जगमा अब नयाँ ढङ्गले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः अध्यक्ष भट्टराई >>   २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल
Logo
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

विपक्षी दलहरूले बजेट पारित गर्न सहजीकरण गर्नेमा विश्वस्त छौँः नेपाली काँग्रेस


काठमाडौ। नेपाली काँग्रेसले संसद्मा प्रश्तुत भएको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।

शुक्रवार सभामुख देवराज घिमिरेले बोलाए। प्रमुख सचेतकहरुको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे यस्तो बताए। उनले बिहीवारको संसद बैठकमा प्रश्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिए । उनले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व रहेकोले उक्त दायित्व पूरा गर्ने विषयमा प्रतिपक्षी दलहरूले जिम्मेवारी बोध गरी सहजीकरण गरेको जिकिर गरे। उनले बजेटलाई पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकोले विपक्षी दलहरूले बजेटको सेसनलाई अगाडी बढाउने कुरामा सहजीकरण गर्नेमा आफूहरूले विश्वास लिएको बताए।

उनले भने , “प्रतिपक्षीलाई धन्यवाद छ, हिजोको बजेट प्रश्तुतिलाई सहजीकरण गर्नुभयो । जेठ १५ मा बजेट ल्याउने जुन संवैधानिक दायित्व थियो, उक्त संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरूले आफ्नो जिम्मेवारी बोध गरेर सहजीकरण गर्नुभयो । त्यसको लागि धन्यवाद छ । बजेटलाई पारित गर्नुपर्ने कुरा पनि संवैधानिक दायित्वभित्र नै पर्छ । त्यो संवैधानिक दायित्वको बोध गरेर उहाँहरूले बजेटको सेसनलाई अगाडी बढाउने कुरामा सहजीकरण गर्नुहुनेछ र उक्त वातावरण निर्माण गर्नुहुनेछ भन्ने हामी विश्वास गर्छौं ।”

उनले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको क्यालेण्डर बनाउने विषयमा केन्द्रित रहेको बताए । उनले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर क्यालेण्डर बनाउने विषयमा मोटामोटी सहमति भएको समेत जानकारी दिए।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?