Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

विगतको जगमा अब नयाँ ढङ्गले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः अध्यक्ष भट्टराई


काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने जिम्मेवारी पूरा गरिसकेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब त्यो भन्दा अगाडि उन्नत समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो ज्ञान, विज्ञान र नेपालको ठोस सामाजिक आर्थिक अवस्थालाई आत्मसात् गर्दै नयाँ ढङ्गले समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले विगतको बलिदानपूर्ण इतिहासलाई नकार्ने वा अपमान गर्न नहुने बताउँदै विगतको जगमा उभिएर समय सुहाउँदो र नेपाल अनुकूल समाजवादी यात्राको नयाँ चरण शुरु गर्नुपर्ने जिकिर गरे ।

उनले भने , “माओवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पु¥याउने बेलासम्म आफ्नो भूमिका पूरा ग¥यो । अब हामी त्यो भन्दा अगाडी नयाँ ढङ्गले जानुपर्छ । त्यसको निम्ति पछिल्लो ज्ञान र विज्ञान र नेपालको ठोस धरातलमा आधारित भएर हामीले आफूलाई उन्नत प्रकारको समाजवाद भनेर जानु उपयुक्त हुन्छ भनेर यो अभियान सुरु गरिएको हो । यो विषयमा छलफल गरौँ । हामीले कुनै आग्रह÷पूर्वाग्रह राखेर, आवेगमा आएर हिजोको बलिदानपूर्ण इतिहासलाई नकारेर त्यसलाई अपमान गर्ने ढङ्गले होइन, त्यसको जगमा टेकेर त्यो भन्दा अगाडी नयाँ ढङ्गले युग सुहाउँदो नेपाल सङ्गत ढङ्गले हामी जान खोजेको हो । यो ढङ्गले बुझौँ, मेरो आग्रह छ ।”

उनले पूँजीवाद उत्पादक शक्तिको विकास नगरी आफूहरूले भने जस्तो समाजवाद आउन नसक्ने बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?