Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रवार ललितपुरमा आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले रेमिटेन्स सेवामा आईएमईको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । गभर्नर पौडेलले २५ वर्षअघि निजी क्षेत्रबाट कम्पनी स्थापना गर्नु र त्यसलाई निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताए । मुलुकको आर्थिक वृद्धिका लागि उद्यमीहरूको जन्म र व्यवसाय सञ्चालन महत्त्वपूर्ण रहेको बताउदै गभर्नर पौडेलले आइएमईले हुण्डीको समस्यालाई हटाउन र औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याएर देशलाई ठूलो योगदान पुर्याएको बताएका छन् ।

कार्यक्रममा आईएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्स सेवामार्फत असम्भवजस्तो लाग्ने कामलाई सम्भव बनाएको बताए । आइएमईले शुरु गरेको रेमिट्यान्स सेवा केवल पैसा पठाउने माध्यम नभई विदेशमा श्रम गरिरहेका नेपालीलाई देशसँग जोड्ने पुल बनेको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?