Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

२५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्णः गभर्नर पौडेल


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रवार ललितपुरमा आईएमई ग्रुपको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर पौडेलले रेमिटेन्स सेवामा आईएमईको महत्वपूर्ण योगदान रहेको बताएका हुन् । गभर्नर पौडेलले २५ वर्षअघि निजी क्षेत्रबाट कम्पनी स्थापना गर्नु र त्यसलाई निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताए । मुलुकको आर्थिक वृद्धिका लागि उद्यमीहरूको जन्म र व्यवसाय सञ्चालन महत्त्वपूर्ण रहेको बताउदै गभर्नर पौडेलले आइएमईले हुण्डीको समस्यालाई हटाउन र औपचारिक माध्यमबाट रेमिटेन्स भित्र्याएर देशलाई ठूलो योगदान पुर्याएको बताएका छन् ।

कार्यक्रममा आईएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिटेन्स सेवामार्फत असम्भवजस्तो लाग्ने कामलाई सम्भव बनाएको बताए । आइएमईले शुरु गरेको रेमिट्यान्स सेवा केवल पैसा पठाउने माध्यम नभई विदेशमा श्रम गरिरहेका नेपालीलाई देशसँग जोड्ने पुल बनेको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?