Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु


एजेन्सी। भारत सरकारले बिहीवारको दुःखद् एयर इण्डिया विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु गरेको छ ।

देशका नागरिक उड्डयनमन्त्री राम मोहन नायडूले यसको पुष्टि गरे । पछिल्ला मिडिया रिपोर्टहरूअनुसार २६५ जनाको शव अहमदाबाद शहरको स्थानीय सरकारी अस्पतालमा लगिएको छ । मृतकहरूमध्ये २४१ जना बोइङ विमानमा सवार थिए भने बाँकीको मृत्यु घटनास्थलको भवनमा रहेका नागरिकको भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको अन्तर्राष्ट्रिय प्रोटोकल अनुरूप विमान दुर्घटना अनुसन्धान ब्युरोले औपचारिक अनुसन्धान शुरु गरेको संघीय मन्त्रीले घोषणा गरे ।

स्थानीय मिडिया रिपोर्टहरूअनुसार विमानको पछाडिको भागमा ब्ल्याक बक्स फेला परेको थियो । मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भएको विमानमा दुई पाइलट र १० क्याबिन क्रू सदस्यहरू बाहेक १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, सात पोर्चुगिज नागरिक र एक क्यानेडियन थिए । एयरलाइन्सले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दुर्घटनाको अनुसन्धानमा अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएको छ । १२ वर्ष पुरानो बोइङ ७८७–८ विमान ब्क्ष्१७१ नम्बर भएको विमान उडान भरेको केही समयपछि ८२५ फिटको उचाइमा खस्यो । बीजे मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भयो । जसले गर्दा भवनहरूमा गम्भीर क्षति पुगेको थियो ।

भारतीय बहुराष्ट्रिय समूह एयर इण्डियाको स्वामित्वमा रहेको टाटा समूहले विमान दुर्घटनामा मारिएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (११६,८५४ अमेरिकी डलर) क्षतिपूर्ति दिने बताएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?