Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारतद्वारा विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु


एजेन्सी। भारत सरकारले बिहीवारको दुःखद् एयर इण्डिया विमान दुर्घटनाको औपचारिक अनुसन्धान शुरु गरेको छ ।

देशका नागरिक उड्डयनमन्त्री राम मोहन नायडूले यसको पुष्टि गरे । पछिल्ला मिडिया रिपोर्टहरूअनुसार २६५ जनाको शव अहमदाबाद शहरको स्थानीय सरकारी अस्पतालमा लगिएको छ । मृतकहरूमध्ये २४१ जना बोइङ विमानमा सवार थिए भने बाँकीको मृत्यु घटनास्थलको भवनमा रहेका नागरिकको भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको अन्तर्राष्ट्रिय प्रोटोकल अनुरूप विमान दुर्घटना अनुसन्धान ब्युरोले औपचारिक अनुसन्धान शुरु गरेको संघीय मन्त्रीले घोषणा गरे ।

स्थानीय मिडिया रिपोर्टहरूअनुसार विमानको पछाडिको भागमा ब्ल्याक बक्स फेला परेको थियो । मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भएको विमानमा दुई पाइलट र १० क्याबिन क्रू सदस्यहरू बाहेक १६९ भारतीय नागरिक, ५३ ब्रिटिश नागरिक, सात पोर्चुगिज नागरिक र एक क्यानेडियन थिए । एयरलाइन्सले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दुर्घटनाको अनुसन्धानमा अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको बताएको छ । १२ वर्ष पुरानो बोइङ ७८७–८ विमान ब्क्ष्१७१ नम्बर भएको विमान उडान भरेको केही समयपछि ८२५ फिटको उचाइमा खस्यो । बीजे मेडिकल कलेजको परिसरमा दुर्घटनाग्रस्त भयो । जसले गर्दा भवनहरूमा गम्भीर क्षति पुगेको थियो ।

भारतीय बहुराष्ट्रिय समूह एयर इण्डियाको स्वामित्वमा रहेको टाटा समूहले विमान दुर्घटनामा मारिएका प्रत्येक व्यक्तिको परिवारलाई १ करोड रुपैयाँ (११६,८५४ अमेरिकी डलर) क्षतिपूर्ति दिने बताएको छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?