Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विद्रोही नेताहरू कंगोमा शान्तिपूर्ण समाधानका लागि खुलाः संयुक्त राष्ट्र संघका दुत


एजेन्सी। विद्रोही समूह, मार्च २३ आन्दोलनका नेताहरूले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा जारी संकटलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्न आफ्नो इच्छा व्यक्त गरेको संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

जनवरीको अन्त्यदेखि विद्रोही शासनमा रहेको उत्तरी किभु प्रान्तको राजधानी गोमा शहरमा एम २३ र एम २३ सँग सम्बन्धित राजनीतिक सैन्य समूह कंगो नदी गठबन्धनको नेतृत्वसँगको बैठकपछि डिआरसीमा संयुक्त राष्ट्र संघका महासचिवका विशेष प्रतिनिधि बिन्टोउ केइटाले पत्रकार सम्मेलनमा यो बयान दिएका हुन् । एएफसी/एम २३ का नेताहरूले वार्तामा संलग्न हुन र शान्तिपूर्ण समाधान खोज्न आफ्नो तत्परता व्यक्त गरेका छन् । प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र स्थिरीकरण मिसनको पनि प्रमुख रहेका केइटाका अनुसार डिआरसी सेना र राष्ट्रिय प्रहरीका कुल १ हजार ३ सय ५९ कर्मचारीहरूलाई हालै गोमाबाट देशको राजधानी किन्शासामा स्थानान्तरण गरिएको छ । स्थानान्तरणलाई रेडक्रसको अन्तर्राष्ट्रिय समिति, डिआरसी सरकार, एएफसी÷एम २३ र मोनुस्कोले सहजीकरण गरेको थियो ।

मोनुस्को तनाव कम गर्न मद्दत गर्ने सबै पहलहरूलाई समर्थन गर्न प्रतिवद्ध रहेको बताए ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?