Trending
>>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री…
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संयुक्त राष्ट्र संघ महासभाद्वारा गाजामा तत्काल युद्धविरामको माग गर्दै प्रश्ताव पारित


एजेन्सी। संयुक्त राष्ट्र संघ महासभाले एक आपतकालीन विशेष सत्रमा गाजामा तत्काल युद्धविराम र मानवीय सहायताको तत्काल पहुँचको माग गर्ने प्रश्ताव पारित गरेको छ ।

प्रश्तावले सबै पक्षहरूले तत्काल बिना शर्त र स्थायी युद्धविरामको लागि पहल गर्नुपर्ने बताएको छ । यसले युद्धको विधिको रूपमा नागरिकहरूको भोकमरीको कुनैपनि प्रयोग र मानवीय पहुँचको गैरकानूनी अस्वीकारको कडा निन्दा गरेको छ । यसले गाजा पट्टीका नागरिकहरूलाई उनीहरूको बाँच्नको लागि अपरिहार्य वस्तुहरूबाट वञ्चित नगर्ने दायित्वमा जोड दिन्छ । यो प्रश्ताव पक्षमा १४९ मत, विपक्षमा १२ मत र १९ मतले पारित भयो । इजरायल र संयुक्त राज्य अमेरिका बाहेक निम्न १० देशहरूले मस्यौदा प्रश्तावको विपक्षमा मतदान गरे ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायलको गैरकानूनी कार्यहरू सम्बन्धी आपतकालीन विशेष सत्र पहिलो पटक अप्रिल १९९७ मा बोलाइएको थियो । गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामाथिको सबै प्रतिबन्धहरू तुरुन्तै हटाउन माग गर्ने सुरक्षा परिषद्को मस्यौदा प्रश्तावमा गत हप्ता अमेरिकी भिटोपछि अरब समूह र इस्लामिक सहयोग समूहको अनुरोधमा १० औं सत्र पुनः शुरु गरिएको थियो ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?