Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायली हवाई आक्रमणपछि इरानको चेतावनीः ठूलो मूल्य चुकाउनुपर्नेछ


एजेन्सी। इरानका सर्वोच्च नेता अली खामेनीले शुक्रवार इरानमा इजरायली हवाई आक्रमणपछि इजरायलले कडा सजाय पाउने चेतावनी दिएका छन् ।

इजरायलले आक्रमणको मूल्य चुकाउनुपर्ने उनको भनाइ छ । इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेखारचीले सरकारी सञ्चारमाध्यममा दिएका अन्तर्वार्तामा इजरायलले कारबाहीको लागि ठूलो मूल्य चुकाउने बताए ।

इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोप्र्सका प्रमुख कमाण्डर हुसेन सलामी, इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी र इरानको खातम अल अन्बिया केन्द्रिय मुख्यालयका कमाण्डर घोलम अली रशिदसहित धेरै वरिष्ठ सैन्य कमाण्डरहरूको हवाई आक्रमणमा मारिएका छन् ।

इजरायली हवाई आक्रमणमा कम्तिमा दुई इरानी आणविक वैज्ञानिकहरू पनि मारिएका छन् । जसलाई मोहम्मद मेहदी तेहरानची र फेरेदौन अब्बासी भनेर चिनिन्छ ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?