Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको छः कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताएका छन् ।

सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । कृषिमन्त्री अधिकारीले ग्रामिण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा हुने बताए । सामुदायिक क्याम्पसहरुकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्ने बताए । उनले युवाहरु विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनिकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गरे । उनले युवाहरुलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।

मन्त्री अधिकारीले भने , ‘हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । हामीले युवाहरुलाई यहीँ बस्ने, ति युवाहरुको बसोवास यहीँ रहने, बाहिरिने परिस्थितिबाट अन्त्य हुनसक्छ । शिक्षा ऐन जारी गर्न शिक्षामन्त्रीज्यु आएको दिनदेखि नै सक्रिय रुपमा लाग्नुभएको छ । हामीले देखिरहेका छौँ । यदी ग्रामिण तहमा यो पब्लिक क्याम्पस खुलेको थिएन भने नेपाली जनताले लढेर ल्याएको डेमोक्रेसीमाथि अनेक प्रश्नचिन्ह खडा हुन्थ्यो । यही कारणले लोकतान्त्रिक गणतन्त्र बाँचेको छ र बँचेको छ । यस्ता संस्थालाई हामीले बचाउनु पर्छ । यो जिम्मेवारी हामीसँग छ ।’

मन्त्री अधिकारीले त्रिभूवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गरे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?