Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको छः कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण तहमा खुलेका सामुदायिक क्याम्पसहरुकै कारण लोकतान्त्रिक गणतन्त्र बाँचेको बताएका छन् ।

सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो दाबी गरेका हुन् । कृषिमन्त्री अधिकारीले ग्रामिण तहमा सामुदायिक क्याम्पस नभएको भए लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा हुने बताए । सामुदायिक क्याम्पसहरुकै कारण लोकतन्त्र बाँचेकाले यस्ता संस्थालाई बचाउनुपर्ने बताए । उनले युवाहरु विदेश पलायन भइरहेको बारेमा सरकार गम्भीर रहेको र आगामी आर्थिक वर्षको बजेटमा त्यसको न्युनिकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरेको जिकिर गरे । उनले युवाहरुलाई स्वदेशमै बस्ने परिस्थिति बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।

मन्त्री अधिकारीले भने , ‘हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरु छन् । हामीले युवाहरुलाई यहीँ बस्ने, ति युवाहरुको बसोवास यहीँ रहने, बाहिरिने परिस्थितिबाट अन्त्य हुनसक्छ । शिक्षा ऐन जारी गर्न शिक्षामन्त्रीज्यु आएको दिनदेखि नै सक्रिय रुपमा लाग्नुभएको छ । हामीले देखिरहेका छौँ । यदी ग्रामिण तहमा यो पब्लिक क्याम्पस खुलेको थिएन भने नेपाली जनताले लढेर ल्याएको डेमोक्रेसीमाथि अनेक प्रश्नचिन्ह खडा हुन्थ्यो । यही कारणले लोकतान्त्रिक गणतन्त्र बाँचेको छ र बँचेको छ । यस्ता संस्थालाई हामीले बचाउनु पर्छ । यो जिम्मेवारी हामीसँग छ ।’

मन्त्री अधिकारीले त्रिभूवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पसको भरमा मात्रै रहेको भए गणतन्त्र सुरक्षित हुन नसक्ने जिकिर गरे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?