Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका बनिबनाउ पार्टीहरूले देशको मुहार फेर्न नसक्ने दाबी गरेका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलाल पुँजीवादको गढ जस्ताको त्यस्तै रहेकाले मुलुकको सार्थक परिवर्तन हुन नसकेको स्पष्ट पारे । उनले मुलुकमा दरबार हटाएर प्रजातन्त्र र गणतन्त्र ल्याएको बताउँदै केही नेता फेरि त्यही दरबारमा पसेको जिकिर गरे । उनले दलाल पुँजीवादसँग गठजोड गरेको राजनीतिले देशलाई मुक्ति दिन उल्लेख गरे । महासचिव भुसालले मुलुकमा धेरै परिवर्तन भएपनि दलाल पुँजीवाद परिवर्तन हुन नसकेको धारणा राखे । उनले उत्पादन नगरी नाफा कमाउने र त्यो नाफाले नेतादेखि सांसद किन्ने राज्य बनेको बताउँदै राज्यको खास चरित्र बदलिन नसकेको जिकिर गरे ।

उनले भने, “आज भएकै बनिबनाऊ पार्टीहरूले जस्ताको तस्तै रहेर मुलुकको मुहार फेरिन्न । त्यसको खास कारण के हो भने, धेरै कुरा बदलियो एउटा कुरा बदलिएन, दरबार दलाल पुँजीवादको गढ थियो । त्यो नेता थियो । त्यसलाई हामीले हटायौँ । प्रजातन्त्र, लोकतन्त्र ल्यायौँ । केही थान नेताहरू दरबार पसे । हामीले गणतन्त्र ल्यायौँ, अर्को थान नेताहरू फेरी त्यहीँ पसे र यसरी दलाल पुँजीवादसँग गठ जोड गरेको यो राजनीतिले मुक्ति दिँदैन । धेरै कुरा फेरियो तर, एउटा कुरा फेरिएन त्यो हो, दलाल पुँजीवाद । उत्पादन नगर्ने तर नाफा कमाइरहने, त्यो नाफाले राजनीतिक नेता किन्ने, सांसद किन्ने, त्यति भइसकेपछि अदालत किन्ने, त्यसपछि प्रहरी प्रशासन त अरौटेबरौटे भइहाले । यस्तो एउटा राज्य बन्यो । राज्यको यो खास चरित्र बदलिएन । त्यो कुरामा हाम्रो एकाग्रता भएन कि ।”

उनले भुसालले राज्यको मूल चरित्र परिवर्तन नहुँदा देशमा स्थायित्व, समृद्धि र जनताको अपेक्षाअनुसारको परिवर्तन सम्भव नभएको धारणा राखे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?