Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अहिलेका पार्टीहरूले देशको मुहार फेर्न सक्दैनन्ः महासचिव भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले अहिलेका बनिबनाउ पार्टीहरूले देशको मुहार फेर्न नसक्ने दाबी गरेका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलाल पुँजीवादको गढ जस्ताको त्यस्तै रहेकाले मुलुकको सार्थक परिवर्तन हुन नसकेको स्पष्ट पारे । उनले मुलुकमा दरबार हटाएर प्रजातन्त्र र गणतन्त्र ल्याएको बताउँदै केही नेता फेरि त्यही दरबारमा पसेको जिकिर गरे । उनले दलाल पुँजीवादसँग गठजोड गरेको राजनीतिले देशलाई मुक्ति दिन उल्लेख गरे । महासचिव भुसालले मुलुकमा धेरै परिवर्तन भएपनि दलाल पुँजीवाद परिवर्तन हुन नसकेको धारणा राखे । उनले उत्पादन नगरी नाफा कमाउने र त्यो नाफाले नेतादेखि सांसद किन्ने राज्य बनेको बताउँदै राज्यको खास चरित्र बदलिन नसकेको जिकिर गरे ।

उनले भने, “आज भएकै बनिबनाऊ पार्टीहरूले जस्ताको तस्तै रहेर मुलुकको मुहार फेरिन्न । त्यसको खास कारण के हो भने, धेरै कुरा बदलियो एउटा कुरा बदलिएन, दरबार दलाल पुँजीवादको गढ थियो । त्यो नेता थियो । त्यसलाई हामीले हटायौँ । प्रजातन्त्र, लोकतन्त्र ल्यायौँ । केही थान नेताहरू दरबार पसे । हामीले गणतन्त्र ल्यायौँ, अर्को थान नेताहरू फेरी त्यहीँ पसे र यसरी दलाल पुँजीवादसँग गठ जोड गरेको यो राजनीतिले मुक्ति दिँदैन । धेरै कुरा फेरियो तर, एउटा कुरा फेरिएन त्यो हो, दलाल पुँजीवाद । उत्पादन नगर्ने तर नाफा कमाइरहने, त्यो नाफाले राजनीतिक नेता किन्ने, सांसद किन्ने, त्यति भइसकेपछि अदालत किन्ने, त्यसपछि प्रहरी प्रशासन त अरौटेबरौटे भइहाले । यस्तो एउटा राज्य बन्यो । राज्यको यो खास चरित्र बदलिएन । त्यो कुरामा हाम्रो एकाग्रता भएन कि ।”

उनले भुसालले राज्यको मूल चरित्र परिवर्तन नहुँदा देशमा स्थायित्व, समृद्धि र जनताको अपेक्षाअनुसारको परिवर्तन सम्भव नभएको धारणा राखे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?