Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

जनतालाई निकास चाहिएको छ, अब नयाँ वैकल्पिक धारा चाहिन्छः महासचिव चन्द


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो रहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको वर्तमान राजनीतिक चक्रले जनता वाक्क दिक्क भइसकेको बताए । उनले नेपाली राजनीतिमा एउटा चक्र घुमिरहेको र त्यसले आगामी परिमाण के आउँछ भन्ने सबै नागरिकलाई थाहा भइसकेको जिकिर गरे । उनले अहिलेको राज्यको नेतृत्वसँग कोही पनि आशावादी नरहेको जिकिर बताए । महासचिव विप्लवले जनतालाई नेतृत्वसहित नयाँ वैकल्पिक धारा र निकास चाहिएको बताए ।

उनले भने , “अब नयाँ वैकल्पिक अवश्य चाहिन्छ । एउटा ठूलो साइकलमा हामी घुमिरहेका छौँ । त्यो बाट जनता वाक्क दिक्क भइसके । एउटा साइकल चलिरहेको छ राजनीतिमा, अबको ६ महिना, एक वर्षमा के रिजल्ट आउँछ भन्ने हामीलाई राम्रोसँग थाहा छ । को मान्छे आउँछ र के हुन्छ भन्ने पनि राम्रोसँग थाहा छ । तर त्यो प्रति कोही आशावादी छैन । नेपाली राजनीतिका अबका दुई वर्षका परिणामहरू सबैलाई थाहा छन् । त्यसैले जनतालाई निश्चय पनि एउटा वैकल्पिक धारा तथा निकास चाहिएको छ, नेतृत्वसहित । जनताको ठूलो आशासहित, त्यो चाहिएकै छ । हामीले गर्नै पर्छ ।”

उनले समाजवादी सङ्घीयता आजको आवश्यकता भएको समेत जिकिर गरे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?