Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

जनतालाई निकास चाहिएको छ, अब नयाँ वैकल्पिक धारा चाहिन्छः महासचिव चन्द


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली राजनीतिमा अब नयाँ वैकल्पिक धाराको खाँचो रहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको वर्तमान राजनीतिक चक्रले जनता वाक्क दिक्क भइसकेको बताए । उनले नेपाली राजनीतिमा एउटा चक्र घुमिरहेको र त्यसले आगामी परिमाण के आउँछ भन्ने सबै नागरिकलाई थाहा भइसकेको जिकिर गरे । उनले अहिलेको राज्यको नेतृत्वसँग कोही पनि आशावादी नरहेको जिकिर बताए । महासचिव विप्लवले जनतालाई नेतृत्वसहित नयाँ वैकल्पिक धारा र निकास चाहिएको बताए ।

उनले भने , “अब नयाँ वैकल्पिक अवश्य चाहिन्छ । एउटा ठूलो साइकलमा हामी घुमिरहेका छौँ । त्यो बाट जनता वाक्क दिक्क भइसके । एउटा साइकल चलिरहेको छ राजनीतिमा, अबको ६ महिना, एक वर्षमा के रिजल्ट आउँछ भन्ने हामीलाई राम्रोसँग थाहा छ । को मान्छे आउँछ र के हुन्छ भन्ने पनि राम्रोसँग थाहा छ । तर त्यो प्रति कोही आशावादी छैन । नेपाली राजनीतिका अबका दुई वर्षका परिणामहरू सबैलाई थाहा छन् । त्यसैले जनतालाई निश्चय पनि एउटा वैकल्पिक धारा तथा निकास चाहिएको छ, नेतृत्वसहित । जनताको ठूलो आशासहित, त्यो चाहिएकै छ । हामीले गर्नै पर्छ ।”

उनले समाजवादी सङ्घीयता आजको आवश्यकता भएको समेत जिकिर गरे ।


प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?