Trending
>>   भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन असम्भवः एमाले >>   संसद झगडा गर्नमा सिमित रह्योः काँग्रेस सांसद भण्डारी >>   नागरिकता वितरणको विषयलाई सामान्य रुपमा नलिन सांसदहरुको आग्रह >>   उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट कटौति गरियोः एकीकृत समाजवादी >>   अमानवीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा >>   माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ? >>   झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने >>   बजेटले चुनौति सम्बोधन गर्ने र क्षमता बढाउनेतर्फ ध्यान दिएको छैनः नारायणकाजी श्रेष्ठ >>   बजेटले आर्थिक सुशासनको प्रतिवद्धता जनाउनुपर्छः काँग्रेस सांसद पन्त >>   अगामी आ.व.को बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको अर्थमन्त्री पौडेलको दाबी
Logo
२१ जेष्ठ २०८२, बुधबार
२१ जेष्ठ २०८२, बुधबार

तीन वायुको प्रभाव: आज यी तिन प्रदेशमा मेघगर्जन र चट्याङ्ग् सहित वर्षाको सम्भावना


काठमाडौँ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो :देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती:देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ ।


प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?