Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अगामी आ.व.को बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको अर्थमन्त्री पौडेलको दाबी


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानमाथि छलफल गर्ने प्रश्तुत गर्दै उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजस्व र व्ययको अनुमान यथार्थपरक हुन नसक्दा बजेटप्रतिको विश्वसनीयता र कार्यान्वयनमा समस्या देखिने विगतको अनुभवको गम्भिर भएर आय र व्ययको अनुमान गरिएको उनको भनाइ छ । मन्त्री पौडेलले चालु खर्च घटाउने तथा पुँजीगत खर्च बढाउने गरी बजेट निर्माण गरिएको उनको जिकिर छ । गत आर्थिक वर्षको अर्थतन्त्रका केही तथ्यांकहरु उल्लेख गर्दै मन्त्री पौडेलले अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य रहेको दाबी गरे ।

उनले भने, ‘हामीले गर्ने प्राप्त राजश्व र व्ययको अनुमान यथार्थपरक हुन नसक्दा अर्थात हामीले निर्माण गर्ने बजेट यथार्थपरक हुन नसक्दा बजेटप्रतिको विश्वसनीयता कमजोर हुने र बजेटको कार्यान्वयन हुने अनुभव हामीसँग प्रशस्त रहेको छ । यही अनुभवका आधारमा अगामी आर्थिक वर्षको नीति, बजेट निर्माण गरिरहँदा, राजश्व र व्ययको अनुमान गरिरहँदा मैले मुलुकको सामुन्नेमा उपलब्ध तथ्यहरुलाई गहिरो गरी आत्मसाथ गरेको छु । राजश्व संकलनको लक्ष्य हामीले चालु आर्थिक वर्षमा ३१ प्रतिशतको अनुमान गरेका थियौँ । त्यही आधारमा चालु आर्थिक वर्षको बजेट थियो । यो लक्ष्य प्राप्त हुनसक्ने कुनै अवस्था रहेन ।’

बजेटले उत्पादन, उत्पादकतव वृद्धि, युवा स्वरोजगार र बैंकिङ भुक्तानीमा लाग्ने भ्याट खारेज लगायत महत्वपूर्ण प्रबन्धहरु गरिएको उल्लेख गरे । बजेटले आयोजना कार्यान्वयनको क्षमता बढाउने उनको विश्वास छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?