Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बजेटले आर्थिक सुशासनको प्रतिवद्धता जनाउनुपर्छः काँग्रेस सांसद पन्त


काठमाडौँ। नेपाली काँग्रेसकी सांसद कमला पन्तले मुलुकमा सुशासन कायम हुन नसक्दा देश आर्थिक रूपमा संकटमा फसेको टिप्पणी गरेकी छीन ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेकी हुन् । थोरै पुँजीले पनि धेरै काम गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि सुशासन अभावको कारण मुलुकको विकास हुन नसकेको उनको भनाइ छ । सांसद पन्तले मुलुकको समृद्धि सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै सुशासन कायम गर्न सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याईन । उनले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुशासन कायम गर्न ठोस र स्पष्ट प्रतिबद्धता जनाउनुपर्नेमो जोड दिईन ।

उनले भनीन, ‘मुलुकमा सुशासन कायम गर्न नसक्दा आज देश यो स्थितिमा पुगेको छ । थोरै पुँजीले पनि धेरै काम गर्ने परिस्थिति हुनसक्थ्यो । तर यो हुन सकेको छैन । किन कि हामीले मुलुकका सुशासन कायम राख्न सकेका छैनौँ । मुलुकको समृद्धि सत्तापक्ष प्रतिपक्ष सबैको लागि आवश्यक हो । सबैले खोजेको मुलुकको समृद्धि नै हो सुशासन नै हो । सुशासनका लागि हामी सबै एक ठाउँमा उभिन सक्यौँ भने मुलुकमा सुशासन कायम हुनसक्छ । मुलुकमा आर्थिक सुशासन नभएकै कारण देश ग्रे लिष्टमा परेको मैले अनुभुति गरेको छु । त्यसैले सुशासन कायम गर्ने प्रतिबद्धता यो बजेटले गर्नुपर्छ ।’

मुलुकको अर्थतन्त्रको सबलिकरणका लागि सरकार सकारात्मक हुनुपर्ने बताईन ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?