Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?


काठमाडौँ। राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठए । सरकारले किन कारबाही गरेन ? अख्तियार स्वतःफूर्त रुपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ? उनको प्रश्न छ । गृहमन्त्री पदमै रहँदा छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ ।

उनले भने, ‘गृहमन्त्री दोषि हुनुहुन्छ भन्ने प्रतिपक्षको विषय छैन, होइन । तर छानविनका निमित्त उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभयो भने सजिलो हुन्छ । अनि भिजिट भिसा प्रकरणको आवरणमा मानव तस्करीमा संलग्न कर्मचारीलाई सरकारले किन कारबाही गरेन ? अख्तियार नै अगाडि बढ्नुपर्ने स्थिति किन पैदा भयो ? त्यसकारण यसमा तालमेल मिलेको छ या छैन ? यो कुरा त छानविन पछि आउँला । तर अहिले जुन विषय उठेको छ । त्यही ओहोदामा रहँदा छानविन गर्न अप्ठ्यारो हुने भएकोले कानूनी ढंगमा पनि उहाँले राजीनामा दिँदा उपयुक्त हुन्छ ।’

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उनको आरोप छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?