Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

माओवादी सांसदको प्रश्नः भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले किन कारबाही गर्न सकेन ?


काठमाडौँ। राष्ट्रिय सभामा नकेपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने आरोप प्रतिपक्षको नभएपनि छानबिन सहज बनाउन उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले भिजिटि भिसा प्रकरणमा संलग्न कर्मचारीहरूलाई सरकारले अहिलेसम्म कारबाही नगरेकोप्रति पनि प्रश्न उठए । सरकारले किन कारबाही गरेन ? अख्तियार स्वतःफूर्त रुपमा अघि बढ्नुपर्ने स्थिति किन आयो ? उनको प्रश्न छ । गृहमन्त्री पदमै रहँदा छानबिनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने उनको भनाइ छ ।

उनले भने, ‘गृहमन्त्री दोषि हुनुहुन्छ भन्ने प्रतिपक्षको विषय छैन, होइन । तर छानविनका निमित्त उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभयो भने सजिलो हुन्छ । अनि भिजिट भिसा प्रकरणको आवरणमा मानव तस्करीमा संलग्न कर्मचारीलाई सरकारले किन कारबाही गरेन ? अख्तियार नै अगाडि बढ्नुपर्ने स्थिति किन पैदा भयो ? त्यसकारण यसमा तालमेल मिलेको छ या छैन ? यो कुरा त छानविन पछि आउँला । तर अहिले जुन विषय उठेको छ । त्यही ओहोदामा रहँदा छानविन गर्न अप्ठ्यारो हुने भएकोले कानूनी ढंगमा पनि उहाँले राजीनामा दिँदा उपयुक्त हुन्छ ।’

सरकारले मुलुकमा सुशासन कायम गर्न नसकेको समेत उनको आरोप छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?