Trending
>>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी हुने


काठमाडौँ। झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ ।

आउँदो जेठ २४ गतेदेखि २६ गतेसम्म झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा नेकपा (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी गर्न लागेको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनी आयोजनाका बारेमा जानकारी दिँदै विभागका प्रमुख गणेश पोखरेलले प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने अनुमान गरिएको बताए ।

प्रदर्शनीको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । कोशी प्रदेशका १२ वटा जिल्लाबाट विद्यार्थीहरूको सहभागिता रहने निश्चित भइसकेको बताइएको छ । प्रदर्शनीमा कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । पाँच सय विद्यार्थीले प्रतिष्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।

विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको यस प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथो हुनेले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसका साथै अन्य २५ वटा विद्यालयलाई २५ हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?