Trending
>>   आज मिति २०८२ साल जेठ २० गते मंगलबार,हेर्नूहोस् आजको राशिफल >>   देशको शीर उँचो हुनेगरी खेल्नुस् : खेलकुदमन्त्री चौधरी >>   प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याएको छुः अर्थमन्त्री पौडेल >>   विकास विरोधी कानूनहरु संशोधन नगरेसम्म बजेट कार्यान्वयन हुँदैनः जनार्दन शर्मा >>   शिक्षक महासंघसँगको वार्ता निष्कर्ष उन्मुखः शिक्षामन्त्री पन्त >>   गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा >>   सरकार र यातायात व्यवसायीहरुबीचको छलफल निष्कर्ष बिहीन >>   शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी >>   राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन >>   हाम्रो समस्या नै लोकप्रियतावाद भयो, यसले भविष्यमा अत्यन्तै अलोकप्रिय बनाउँछः पूर्वअर्थमन्त्री महत
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख


काठमाडौँ। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच मंगलबार शिक्षा मन्त्रालय र सिंहदरबारमा भएको द्विपक्षीय वार्ता निष्कर्षउन्मुख देखिए पनि सहमति भने हुन सकेन।

आगामी २१ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष लचक देखिएका छन्। शिक्षक महासंघले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ। बार्ता पछि बाहिरिने क्रममा संचारकर्मीहरु सँग बोल्दै नेपाल शिक्षक महासंघकि सहअध्यक्ष नानुमाया पराजुलीले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा आफुहरु जिम्मेवार भएको बताएकी छिन् ।

मंगलबार रातिसम्म चलेको वार्तामा शिक्षक महासंघले सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको बुझिएको छ। बार्तामा सहभागी एक मन्त्रीका अनुसार शिक्षक महासंघले राखेको माग मन्त्रिपरिषदबाट पास भएमा महासंघले आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रतिबद्धता जनाएको बताइन् । महासंघले आफ्नो सहमतिको न्युनतम बिन्दु सरकारलाई दिएको र सरकारले निर्णय गरेमा बुधबार बस्ने महासंघको बैठकले आन्दोलनको मोडालिटीबारे निर्णय गर्ने बताइएको छ।

यता वार्ता पछि बाहिरिदै गर्दा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले द्विपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको र छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने प्रयास भइरहेको बताइन् ।
शिक्षक महासंघले चैत २० गतेदेखि विभिन्न माग राखी आन्दोलन गर्दै आएको छ। २८ दिनदेखि जारी आन्दोलनले सार्वजनिक शिक्षालाई प्रभावित पारेपछि सरकारले माग सम्बोधनमा तदारुकता देखाएको छ। यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषयमा ७ बुँदे प्रस्ताव तयार गरेकीं थिइन्।

आजको वार्तामा उपप्रधानमन्त्रि एवम् अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। यस्तै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको शिक्षक टोली वार्तामा सहभागी थियो।


प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?