Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

यु–१९ विश्वकपमा पुग्न नेपाल एक जित टाढा


काठमाडौँ। नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै विजेता बन्ने बलियो दाबेदारी प्रश्तुत गरेको छ ।

मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले बुधवार हङकङमाथि ९ विकेटको रबाफिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रश्तुत गरेको हो । टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा यु–१९ विश्वकपमा स्थान बनाउनेछ । लिगमा शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म अंकतालिकामा अफगानिस्तान र नेपालले बलिया दाबेदार हुन् । यी दुई बीच आगामी शनिबार लिगको अन्तिम खेलमा प्रतिष्पर्धा हुनेछ । त्यसले नै विश्वकप खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

तीन खेलबाट नेपाल ६ अंक बटुल्दै शिर्षमा छ । दुई खेल जितिसकेको अफगानिस्तानले पनि बुधवार तेस्रो खेलमा युएईविरुद्ध खेलिरहेको छ । अफगानिस्तानले ३६० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । विशाल लक्ष्य पछ्याएको युएई ९५÷४ को अवस्थामा छ । त्यसैले यो खेलमा पनि बलियो टोली युएई जितनजिक पुगेको मान्न सकिन्छ । यस्तो अवस्थामा अब उपाधिका दाबेदार अफगानिस्तान र नेपाल नै हुन् । जुन निर्णय शनिबार हुने खेलले टुङ्गो लगाउनेछ । नेपालले पनि हङकङमाथि सहजै नतिजा आफ्नो पक्षमा पार्दै तेस्रो जित निकालेको हो । हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफमा नेपालले १२.३ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

नेपालका ओपनरद्वय साहिल पटेल र नीरजकुमार यादवले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सहज सुरुआत गरे । नीरजकुमार २३ रनमा आउट भए । उनको इनिङमा चार चौका रह्यो । तर, साहिल भने ४२ रनमा अविजित रहे । उनले ४१ बलमा आठ चौका हिर्काए । कप्तान नरेन भट्ट पनि ३९ रनमा अविजित रहँदै साहिललाई साथ दिए । नरेनले २३ बलमा आठ चौका हिर्काए । नरेन र साहिलबीच दोस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी भयो । हङकङको बलिङमा एक मात्र विकेट सायन पुरीले लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा ११५ रनको सामान्य योगफलमा नै अलआउट हुन पुग्यो । हङकङका कप्तान शिव माथुरले ६३ रनको अर्धसतकीय इनिङ बनाए ।
दोस्रो ओभरमा नै ओपनर जुड ली थोमसलाई शून्यमै गुमाएपछि हङकङले खराब शुरुवात ग¥यो । त्यसपछि आएका माथुरले इनिङ समाले । उनले अर्का ओपनर आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गरे । आर्या पनि १० रनमा नै आउट भए । चार रनको अन्तरमा हङकङले तीन विकेट गुमायो । आर्यासँगै अब्दुल समाद १ रन र प्रीत किशोर कुमार शून्यमा नै आउट भए । यससँगै हङकङ २७.५ ओभरमा ६४÷४ को अवस्थामा पुग्यो । त्यसपछि शिवले पाँचौं विकेटका लागि ह्यारी थोमससँग २६ रनको साझेदारी गरे । थोमस पनि १० रन जोडेर आउट भए । त्यसपछि शिव पनि छैटौं विकेटका रूपमा पेभेलियन फर्किए । शिवले ११६ बलमा चार चौका र एक छक्का हिर्काए ।

उनी आउट हुँदा हङकङ ४१.१ ओभरमा १०७÷६ को अवस्थामा थियो । त्यसपछि खातामा थप ८ रन जोड्दा हङकङले चार विकेट नै गुमाउन पुग्यो । नेपालको बलिङमा युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिँदै हङकङको इनिङ सस्तैमा रोके । यससँगै हङकङले दोस्रो हार सामना ग¥यो । यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हार व्ेहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो।


प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?