Trending
>>   आज मिति २०८२ साल वैशाख ०१ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल >>   कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै >>   जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन >>   आन्दोलनरत शिक्षकहरुलाई संसदीय समितिको आग्रहः माग सम्बोधन हुन्छन्, आन्दोलनलाई पुनर्विचार गर्नुस् >>   सबैलाई मिलाउनसक्ने संविधान छ, कुनै एक दलले बहुमत ल्याउन गाह्रो छः सभापति देउवा >>   ‘पूर्वराजा शाहलाई समितिमा बोलाउने नीतिगत व्यवस्था नै छैन’: संघीय संसद सचिवालय >>   जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह >>   अमेरिका भन्सार शुल्क वृद्धिबाट आफैँ हारिरहेको छः अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू >>   आउँदो बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छः अर्थशास्त्री केशव आचार्य >>   आज मिति २०८१ साल चैत्र ३१ गते आइतबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२ बैशाख २०८२, सोमबार
२ बैशाख २०८२, सोमबार

तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियोः गृहमन्त्री लेखक


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् ।

शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको बताएका छन् । उनले राजावादी समूहले शान्तीपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पती तोडफोड आगजनीमा उत्रिएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताएका छन् ।

उनले भने, ‘तीनकुनेमा भएको प्रदर्शन तथा कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्वन गरेको राज्य व्यवस्था र प्रबन्धलाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो शान्तीपूर्ण रुपमा आफ्ना धारणाहरु राख्ने, सरकारलाई खबरदारी गर्ने, आफ्नो विचारहरु अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने उदेद्दश्यले मात्र प्रेरित थियो भन्ने भ्रममा हामी प¥यौं भने ठिक हुदैन । यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो । यसको मुख्य उद्देश्य नै लाकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधानलाई उल्ट्याउने थियो । यसका बारेमा दुविधा छैन र रहनु हुदैन । फागुन ७ गतेका अभिव्यक्तिहरु, त्यसपछि आफू २५ गतेको प्रदर्शन तथा घटनाहरु ति कुराहरुलाई थप अगाडि बढाउँदै विभिन्न मानिसहरुबाट अभिव्यक्त धारणाहरु, नेतहरु लुक्ने ठाउँ खोज हामी आउँदैछौं भन्ने लगायतका पृष्ठभूमिलाई केलाएर हेर्दा संविधान उल्ट्याउने र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्य कहीँ लुकेको छैन ।’

उनले प्रदर्शनको नेतृत्व गर्नेहरुले नै भिडलाई हिंसात्मक र निजी सम्पतीमाथि आगजनी गर्न उत्साएको उनको आरोप छ ।


प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?