Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

जनतामा पैदा भएको जागरुकताले ०८२ सालमा परिणाम हासिल गर्छ : ज्ञानेन्द्र शाह


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नयाँ वर्ष २०८२ सालको अवसरमा एक भिडियो सन्देश जारी गर्दै हरेक समस्याको समाधान संवाद,समन्वय,सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने बताए ।

करिब १४ मिनेट लामो शुभकामना सन्देशमा पुर्व राजा शाहले कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र जनताको स्वाधीनता सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति आह्वान गरेके बताएका छन्। उनले वास्तवकि लोकतन्त्रमा जनगुनासो सुन्नुपर्ने र संसार धेरै अघि बढिसकेको बताउदै नेपाल आमालाई केन्द्रमा राखेर कदम चाल्नुपर्ने बताएका छन् ।

उनले भने‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा बाद हुँदैन वास्तविक प्रजातन्त्र जहाँ हुन्छ त्यहाँ राम्रो नराम्रो जनगुनासो वा गुनगान परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,उनले भनेका छन्,जुन जागरुकता पैदा भएको छ २०८२ सालमा त्यस अनुसारको परिणाम हासिल हुने विश्वास लिएका छौं ।’


प्रकाशित मिति: ३१ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?