Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन


जनकपुरधाम। जनकपुरमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका लागि सरकार दोषी रहेको भन्दै आईतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनक चोकबाट विरोध जुलुस निकालेको हो । विरोधमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शिर्ष नेताहरुको नाम लिएर बिरोध जनाएका छन् ।

उनीहरूले सरकारविरुद्ध तीव्र असन्तोष व्यक्त गर्दै राष्ट्रिय झण्डा बोकेर जनकपुरधामको विभिन्न भाग परिक्रमा गरेका थिए । सरकारले थुनामा रहेका नेताहरूलाई तत्काल रिहा नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: ३१ चैत्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?