Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

गोरखापत्रले मनायाे ‘डिजिटल डे’


काठमाडौँ । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए । प्रविधि संकट मात्र नभइ अवसर पनि भएको बताउंदै भौतिक रुपमा पुर्याउन नसकिने ठाउँमा प्रविधिमार्फत गोरखापत्र राइजिङका सेवाहरु बिस्तारित गर्न सफल भएको बताए । उनले गोरखापत्र संस्थानलाई समय सुहाउँदो बनाउन डिजिटल माध्यमलाई सशक्त बनाउनुको विकल्प नरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अबको भविष्य डिजिटलबाटै सम्भव रहेको बताएका छन् । उनले गोरखापत्रको छापा माध्यमको महिला डिजिटल भएपनि नमर्ने बताउदै डिजिटल माध्यमबाट गोखरापत्रलाई अघि बढाउनुपर्ने र डिजिटल प्लेटमर्फको विकास, बिस्तार र सुदृढिकरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले डिजिटलले परम्परागत छापा माध्यमलाई सहजीकरण गरेको बताए । अब छापा माध्यमलाई डिजिटल माध्यमको सहयोग जरुरी रहेको र डिजिटल माध्यमलाई अझ सबल, सक्षम र प्रभवकारी बनाउन लगानी बढाउन जरुरी रहेको बताएका छन् ।गोरखापत्र संस्थानले २०५३ फागुन १२ गतेदेखि डिजिटल यात्रा शुरु गरेको थियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?