Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गोरखापत्रले मनायाे ‘डिजिटल डे’


काठमाडौँ । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए । प्रविधि संकट मात्र नभइ अवसर पनि भएको बताउंदै भौतिक रुपमा पुर्याउन नसकिने ठाउँमा प्रविधिमार्फत गोरखापत्र राइजिङका सेवाहरु बिस्तारित गर्न सफल भएको बताए । उनले गोरखापत्र संस्थानलाई समय सुहाउँदो बनाउन डिजिटल माध्यमलाई सशक्त बनाउनुको विकल्प नरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले अबको भविष्य डिजिटलबाटै सम्भव रहेको बताएका छन् । उनले गोरखापत्रको छापा माध्यमको महिला डिजिटल भएपनि नमर्ने बताउदै डिजिटल माध्यमबाट गोखरापत्रलाई अघि बढाउनुपर्ने र डिजिटल प्लेटमर्फको विकास, बिस्तार र सुदृढिकरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका डिजिटल प्रमुख नारदमुनि गौतमले डिजिटलले परम्परागत छापा माध्यमलाई सहजीकरण गरेको बताए । अब छापा माध्यमलाई डिजिटल माध्यमको सहयोग जरुरी रहेको र डिजिटल माध्यमलाई अझ सबल, सक्षम र प्रभवकारी बनाउन लगानी बढाउन जरुरी रहेको बताएका छन् ।गोरखापत्र संस्थानले २०५३ फागुन १२ गतेदेखि डिजिटल यात्रा शुरु गरेको थियो ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?