Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

साउन १ गतेदेखि प्रदेश सरकारले नै लाइसेन्स छाप्छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् ।

मंगलवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताएका छन् । उनले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि शुरु गर्नुपर्ने र आगामी कार्तिक मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताएका छन् । उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘ साउनको १ गतेदेखि अब यो तपाईंहरुकै जिम्मामा हुन्छ । कार्ड किन्ने की मेसिन किन्ने की के गर्ने भन्ने अन्योल छ भन्नुभयो । त्यो तपाईंहरुकै जिम्माको कुरा हो । तपाईंहरुले कार्ड किन्नुहुन्छ की मेसिन किन्नुहुन्छ ? के गर्नुहुन्छ तपाईंहरुले निर्णय गर्नुपर्छ । के गर्दा दिन सकिन्छ ? ९ लाख दिन्छु भनेर डेढ लाख गर्नुभएन । वागमती धेरै अगाडि बढिसकेको छ । कोशीले त प्रयत्न पनि गर्यो, अस्थायी लाइसेन्स बाँड्यो । कुरा ठूलो नभएपनि ठूलो विषय जस्तो भएको छ, लाइसेन्सको विषय । यसलाई अब हामीले कोशी प्रदेशको मन्त्रीजीले भनेको जस्तो फरफारक नै गरौँ भन्ने छ । फरफारक गर्नैपर्छ । हामीले साउन १ गतेदेखि अब कप्म्लिट्ली प्रदेशले ड्राइभिङ लाइसेन्सको जिम्मा लिऔँ । आगामी कार्तिक मंसिरससम्म हामीले २५ लाख छपाउनुपर्नेछ । जम्माजम्मी हामीले ५ लाख, साढे ५ लाख छापेका छौँ । १९ लाख त अझै छाप्न बाँकी छ । यसमा नेपाल सरकार ठूलो नोक्शानीमा पर्ने जोखिम छ । यसलाई हामीले जोगाउनुपर्ने जरुरी छ ।’

उनले लाइसेन्स छपाई पूरा गर्न नसके सरकारलाई ठूलो नोक्शानी हुने अवस्था रहेको पनि बताए ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?