Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

साउन १ गतेदेखि प्रदेश सरकारले नै लाइसेन्स छाप्छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले साउन १ गतेदेखि प्रदेश सरकारले नै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गर्ने बताएका छन् ।

मंगलवार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले मेसिन किनेर कार्ड बनाउने की कार्ड किन्ने भन्ने निर्णय प्रदेश सरकारले नै गर्नुपर्ने बताएका छन् । उनले वागमती र कोशी प्रदेशले प्रयास गरिसकेको भन्दै अब अन्य प्रदेशले पनि शुरु गर्नुपर्ने र आगामी कार्तिक मंसिरससम्म २५ लाख लाइसेन्स छपाइ सक्नुपर्ने बताएका छन् । उनले जसमा अहिलेसम्म साढे ५ लाख मात्रै छापिएको र १९ लाख अझै छपाई गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘ साउनको १ गतेदेखि अब यो तपाईंहरुकै जिम्मामा हुन्छ । कार्ड किन्ने की मेसिन किन्ने की के गर्ने भन्ने अन्योल छ भन्नुभयो । त्यो तपाईंहरुकै जिम्माको कुरा हो । तपाईंहरुले कार्ड किन्नुहुन्छ की मेसिन किन्नुहुन्छ ? के गर्नुहुन्छ तपाईंहरुले निर्णय गर्नुपर्छ । के गर्दा दिन सकिन्छ ? ९ लाख दिन्छु भनेर डेढ लाख गर्नुभएन । वागमती धेरै अगाडि बढिसकेको छ । कोशीले त प्रयत्न पनि गर्यो, अस्थायी लाइसेन्स बाँड्यो । कुरा ठूलो नभएपनि ठूलो विषय जस्तो भएको छ, लाइसेन्सको विषय । यसलाई अब हामीले कोशी प्रदेशको मन्त्रीजीले भनेको जस्तो फरफारक नै गरौँ भन्ने छ । फरफारक गर्नैपर्छ । हामीले साउन १ गतेदेखि अब कप्म्लिट्ली प्रदेशले ड्राइभिङ लाइसेन्सको जिम्मा लिऔँ । आगामी कार्तिक मंसिरससम्म हामीले २५ लाख छपाउनुपर्नेछ । जम्माजम्मी हामीले ५ लाख, साढे ५ लाख छापेका छौँ । १९ लाख त अझै छाप्न बाँकी छ । यसमा नेपाल सरकार ठूलो नोक्शानीमा पर्ने जोखिम छ । यसलाई हामीले जोगाउनुपर्ने जरुरी छ ।’

उनले लाइसेन्स छपाई पूरा गर्न नसके सरकारलाई ठूलो नोक्शानी हुने अवस्था रहेको पनि बताए ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?