Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

देशभर राजा फर्काउने माहाेल !


काठमाडाैं । पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्।

राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको हो। तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले भने राजाको स्वागतमा हजारौं उपस्थित हुने दाबी गरेका छन्।

राजतन्त्र पुनर्स्थापना पक्षदरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग शनिबार छलफल गर्ने तयारी गरेको छ। पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?