Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

देशभर राजा फर्काउने माहाेल !


काठमाडाैं । पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (भोलि) काठमाडौँ फर्कने क्रममा उनको स्वागतका लागि ठूलो मास देखाउने तयारी समर्थकहरूले गरिरहेका छन्।

राप्रपा, दुर्गा प्रसाईसहितका राजतन्त्र पुनस्थापना पक्षधरहरूले राजाको स्वागतलाई भव्य बनाउने तयारी अगाडि बढाइरहेका अवस्थामा गृह मन्त्रालयले १० हजार मान्छेको उपस्थित हुने आँकलन गरेको हो। तर राजतन्त्र पुनस्थापना पक्षधरहरूले भने राजाको स्वागतमा हजारौं उपस्थित हुने दाबी गरेका छन्।

राजतन्त्र पुनर्स्थापना पक्षदरहरूको भेलालाई व्यवस्थित बनाउन गृह मन्त्रालयले आयोजकहरूसँग शनिबार छलफल गर्ने तयारी गरेको छ। पोखराबाट पूर्व राजा दिउँसो फर्कने क्रममा सीमित व्यक्तिहरूलाई मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान दिने र बाँकी समर्थकहरूलाई गौशाला, तिनकुने, भीमसेनगोला जस्ता क्षेत्रमै रोक्ने तयारी गृह मन्त्रालयले गरेको छ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?