२ जेठ, लुम्बिनी । काठमाडौँपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने
२ जेष्ठ ,खोटाङ । किराना पसल सञ्चालन गरिएको घरमा आगजनी गर्दै गरेको देखेपछि घरधनी तथा छिमेकीलाई सूचना दिएर जनधनको क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकामा तीन जना प्रहरीलाई अभिनन्दन गरिएको छ । गत वैशाख ३१ गते बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको भवनगैरास्थित महेश बजिमयको पसलमा अपरिचित व्यक्तिले आगो लगाएको
१ जेठ, अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट रु सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिनुभएको छ
३१ वैशाख, काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन (हल) मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । पछिल्लो समय नेपाली
१९ वैशाख, वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको
१६ वैशाख ,जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको सालिक १६ वर्षपछि पुनःस्थापना हुने भएको छ । शनिबार एक कार्यक्रमका बीच जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले सालिक पुनःस्थापनाका लागि निर्माण शुभारम्भ गरिन्। पञ्चायतकालदेखि भानुचोक नामाकरण गरी राखिएको आदिकवि आचार्यको सालिक २०६२/६३ को मधेस आन्दोलनका क्रममा
१४ वैशाख ,काठमाडौँ । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन्
१२ वैशाख, काठमाडाैँ । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट
२९ चैत ,दमक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्। गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिए ।
२९ चैत ,पाटन । बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन् । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न