Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खेलकुद


स्पेनी खेलाडीले विश्वलाई पाठ सिकाए : प्रधानमन्त्री सान्चेज

१७ भदाै, एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले विश्वकप फुटबलमा स्पेनी फुटबल महासंघका प्रमुख लुइस रूबियालेसको चुम्बनको विषयलाई लिएर देशका महिला फुटबल खेलाडीहरूले विश्वलाई पाठ सिकाएको बताएका छन् । सान्चेजले भनेका छन्, ‘हाम्रा खेलाडीले दुईपटक जितेका छन्, पहिले खेलबाट र अहिले महिला र पुरुषबीच समानताको पाठ विश्वलाई सिकाएका छन् ।’ गत

करातेको बागमती अध्यक्षमा लामा चयन

१६ भदौ, काठमाडाैँ । नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन भएका छन् । सङ्घको आज यहाँ सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सङ्घका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि

रुबियाल्सको तारिफ गरेकोमा स्पेनी प्रशिक्षकद्वारा क्षमा याचना

१६ भदाै, एजेन्सी । महिला विश्वकप स्टार जेनी हर्मोसोको ओठमा जबर्जस्ती चुम्बन गर्ने स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसको आक्रामक भाषणको समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शुक्रबार क्षमा याचना गरेका छन् । आफ्नो आलोचना भएपछि महासङ्घका प्रमुखले एक आपतकालीन बैठक बोलाएर विरोधलाई अनावश्यक

राष्टिय क्रिकेट टोलीका पूर्वकप्तान पारस बागमती सङ्घको अध्यक्षमा निर्वाचित

१६ भदाै, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् । सङ्घको शुक्रबार सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका

नेपालले १७ बलमै हरायो बहराइनलाई

१५ भदौ, काठमाडाैँ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ

बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य

१५ भदौ, काठमाडाैँ ।   आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको

बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

१५ भदौ, काठमाडाैँ । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै सम्पन्न टसमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । प्रतियोगितामा नेपालले बहराइनलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने योजनामा

भारतसँग खेल्न श्रीलंकामा पुग्यो नेपाली क्रिकेट टोली

१४ भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलंका पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलंका गएको हो । नेपालले दोस्रो खेल भदौ १८ गते अर्को बलियो टोली भारतसँग श्रीलंकाको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानसँगको हारले नेपालको

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालसँग मलेसिया पराजित

१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालले दियो मलेसियालाई ८५ रनको लक्ष्य

१४ भदौ, काठमाडाैँ । आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । नेपालका लागि सीता

सम्वन्धित समाचारहरु