Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

भारतसँग खेल्न श्रीलंकामा पुग्यो नेपाली क्रिकेट टोली


१४ भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलंका पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलंका गएको हो ।

नेपालले दोस्रो खेल भदौ १८ गते अर्को बलियो टोली भारतसँग श्रीलंकाको क्यान्डीमा प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानसँगको हारले नेपालको अघिल्लो यात्रा कमजोर बनेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।

जितका लागि पाकिस्तानले दिएको तीन सय ४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार (१०४) रनमा समेटिएको थियो । पाकिस्तानविरुद्ध पहिलो खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्न लागेको नेपालका लागि अर्को बिलयो टोली भारतसँग सुधारिएको प्रदर्शन गर्ने चुनौती रहेको छ ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?