Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

रुबियाल्सको तारिफ गरेकोमा स्पेनी प्रशिक्षकद्वारा क्षमा याचना


१६ भदाै, एजेन्सी । महिला विश्वकप स्टार जेनी हर्मोसोको ओठमा जबर्जस्ती चुम्बन गर्ने स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियालेसको आक्रामक भाषणको समर्थन गरेको भन्दै सर्वत्र आलोचना भएपछि स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले शुक्रबार क्षमा याचना गरेका छन् ।

आफ्नो आलोचना भएपछि महासङ्घका प्रमुखले एक आपतकालीन बैठक बोलाएर विरोधलाई अनावश्यक हल्ला भन्दै दबाबको बावजुद राजीनामा दिन अस्वीकार गरेका थिए । उनले विरोधलाई ‘झूटो नारीवाद’ को बिरूद्ध आवाज उठाउनुपर्ने बताएउनु भएको थियो भने डे ला फुएन्टेले रुबियालेसको पक्षमा आफ्नो धारण राखेका थिए ।

डे ला फुएन्टेले एक पत्रकार सम्मेलनमा उक्त सन्दर्भमा रूवियाल्सको समर्थन गर्नु गल्ती भएको बताएका छन् । “मैले माफी माग्नुपर्छ, मैले गल्ती गर्याैँ, यो अक्षम्य छ,” उनले भने ।

स्पेनका ४६ वर्षीय रुबियालेसले गत अगस्ट २० मा सिड्नीमा भएको महिला विश्वकप पदक समारोहमा स्पेनकी मिडफिल्डर हर्मोसोलाई जबर्जस्ती चुम्बन गरेपछि विश्वभर आक्रोश उत्पन्न भएको थियो ।

रुबियाल्सले आफ्नो चुम्बन सहमतिमा भएको दाबी गरेका थिए भने हर्मोसोले आफु ‘आक्रमणको शिकार’ भएको जस्तो महसुस गरेको बताएकी थिइन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेपछि डे ला फुएन्टेले विज्ञप्ति प्रकाशित गरी महासङ्घका अध्यक्षको व्यवहारको आलोचना गरेको थियो ।

स्पेनका दोस्रो उपप्रधानमन्त्री योलान्डा डियाजलगायत केही आलोचकले डे ला फुएन्टेले आफ्नो पदमा रहिरहन नसक्ने बताएका छन् ।
“मैले (प्रशंसा) को लागि भारी आलोचना प्राप्त गरें र मलाई लाग्छ कि यो पूर्ण रूपमा योग्य छ, म यसलाई बुझ्छु, म यसको लागि माफी माग्छु, यो अन्यायपूर्ण थियो,” स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भने ।

परिस्थितिले ‘भावनात्मक तनाव’ उत्पन्न गरेको र उपस्थित सबैलाई आश्चर्यचकित पारेको उनले बताएका छन् ।

उनले प्रसङ्गलाई थप जोड्दै भने, “म सही स्तरमा थिइनँ र मैले मेरो भावनाहरू नियन्त्रण गर्न सकिनँ । मैले आफूलाई चिन्न सकिनँ ।”


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?