Trending
>>   ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छः घनश्याम भुसाल >>   ‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’ >>   ५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन >>   गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्, सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्योः सुदन गुरुङ >>   विदेशमा रहेका नेपालीले पनि अनलाइन मतदाता नामावली दर्ता गर्न सक्ने:रामप्रसाद भण्डारी >>   सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की >>   दर्ज्यानी चिह्न लगाएपछि बोल्दाबोल्दै भक्कानिए आईजीपी कार्की >>   ८ प्रतिशत नगद लाभांश दिदै ग्लोवल आइएमइ बैंक >>   स्काउटको जग्गामा बनाइएका संरचनामाथि महानगरको डोजर >>   ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न सम्झौता
Logo
३० कार्तिक २०८२, आईतवार
३० कार्तिक २०८२, आईतवार

खेलकुद


एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

काठमाडौँ। जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । शनिवार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेका थिए । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरयेका हुन् । जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा

एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्रलाई कार

काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उदीयमान खेलाडी स्पिनर विपिन शर्मा बन्दा दीपेन्द्र सिंह ऐरीले कार पाउन सफल भएका छन् । कर्णाली याक्समा ट्यालेन्ट हन्टबाट खेलेका विपिन उदीयमान खेलाडी भएका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा उपविजेता सुदूरपश्चिम रोयल्सका दीपेन्द्रले ६२ लाख मूल्यको ओमोडा कार पाएका हुन् ।

एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)नेपाली क्रिकेटको महाकुम्भ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मध्याह्न साढे १२ बजे सुरु हुनेछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा

एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो

काठमाडौँ । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएका छन् । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भर्खरै भएको टसमा बङ्गलादेशले टस जितेर पहिला बलिङ रोजेका छन् । वर्षा बाधक भएपछि निर्धारित समयभन्दा केही ढिला टस भएको

कुशलले कप्तानी जिम्मेवारीमा आफूलाई धेरै विकास गरेको छ: शरद भेषावकर

काठमाडौँ। चितवन राइनोजका अनभुवी खेलाडी शरद भेषावाकारले रवि बोपारा र सोहेल तनभिरजस्ता अनुभवी क्रिकेटरसँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् । खेलपछिको पत्रकार सम्मेलनमा शरदले सोहेल र बोपाराले गरेर आठ सयदेखि एक हजार खेल खेलिसकेको र ती अनुभवी खेलाडीबाट आपूह धेरै कुरा सिक्न पाएको बताएका हुन् । टिमका

नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं– सोमपाल कामी

काठमाडौँ। कर्णाली याक्सका कप्तान सोमपाल कामीले लिगका प्रदर्शन र नतिजा भुलेर प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा हेरेर खेलेको बताएका छन् । चितवन राइनोजमाथि जित निकालेपछि पत्रकार सम्मेलनमा कर्णालीका कप्तान सोमपालले यसअघि जे जस्तो प्रदर्शन भएपनि प्लेअफमा नयाँ प्रतियोगिताका रूपमा लिएको प्रतिक्रिया दिएका हुन् । उनले टस जिते पनि आफ्नो लक्ष्य ब्याटिङ

कर्णाली याक्स दोस्रो क्वालिफायरमा

काठमाडौँ। कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएका छन् । तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र

सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल

काठमाडौँ । कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् । सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच सहज नभएकाले रोक्नसक्छौं भन्ने लागेको बताएका हुन् । तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड

एनपिएलः पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ । तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गरे  । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको

एनपिएलः सुदूरपश्चिम शिर्षमा रहँदै पहिलो क्वालिफायरमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आईतवार पोखरा एभेन्जर्समाथि नाटकीय जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफसँगै पहिलो क्वालिफायरमा स्थान बनाएका छन्  । जितको संघारमा देखिएको पोखराबाट जित निकालेपछि सुदूरपश्चिम एनपिएलको शिर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन्  । पोखराले जितका लागि अन्तिम सात बलमा आठ रन मात्र आवश्यक थियो ।

सम्वन्धित समाचारहरु