Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

राष्ट्रिय उसु कोर्षका लागि चिनियाँ प्रशिक्षक नेपालमा


काठमाडौँ। नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् ।

उनलाई उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक कक्षमा स्वागत गरेका थिए । स्वागत कार्यक्रमपछि उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्षमा सहभागीलाई प्रशिक्षण गराएका थिए । उनले शुक्रवारसम्म प्रशिक्षण दिनेछन् । जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन् । सातौं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन् । महासचिव ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकोमा लिनलाई धन्यवाद दिए । उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको उल्लेख गर्दै लिनको प्रशिक्षणबाट सहभागीले उच्च स्तरको ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे । लिनले नेपालको उसु विकासमा महासंघसंग सहकार्य गर्न तयार रहेको बताउदै सहभागीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

साताव्यापी निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् ।


प्रकाशित मिति: ११ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?