Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

बंगलादेशसँगको कबड्डी श्रृंखलामा नेपाली महिला टोलीको उत्कृष्ट प्रदर्शन


काठमाडौँ। नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले पाहुना टोली बंगलादेशसँग दोस्रो अभ्यासमा खेलमा पनि जित निकालेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा जारी पाँच दिवसीय श्रृंखलामा सोमवार भएको दोस्रो खेलमा नेपालले बंगलादेशमाथि २९–२२ अंकको सहज जित निकालेको हो । डिफेन्डर मीना नेपाली र रेडर मानमति बिष्ट चम्किँएपछि घरेलु टोली दोस्रो दिन पनि हाबी भयो । मीनाले आठ अंक र मानमतीले सात अंक दिलाइन् । उक्त खेलमा मीना प्लेअर अफ दी म्याच भइन् । यसअघि मानमतीले भने लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी हुन् । उद्घाटन खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेपछि मानमती प्लेअर अफ दी म्याच चयन भएकी थिइन् । पहिलो खेलमा पनि नेपालले ४१–१८ अंकले जित निकालेको थियो ।

अब तेस्रो खेल मंगलवार हुनेछ । त्यसपछि वैशाख १० गते विश्राम दिइएको छ । वैशाख ११ गते चौथो र वैशाख १२ गते पाँचौं खेल तय गरिएको छ । कबड्डीको लोकप्रियता बढेसँगै सुखद् नतिजा आएको समयमा नेपालले बंगलादेशसँग श्रृंखला खेलेको हो । नेपाली महिला कबड्डीले सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियन गेम्समा ऐतिहासिक काँस्य पदक जितेपछि नेपालमा यो खेलको लोकप्रियता बढ्दै गएको छ । नेपालको कबड्डीले पहिलोपल्ट एसियन गेम्समा पदक जितेको हो । त्यतिबेला बंगलादेशलाई हराउँदै नेपालले त्यो पदक जितेको थियो । त्यसपछि पहिलोपल्ट बंगलादेशसँग नेपालले खेलेको हो । बंगलादेश कबड्डी संघसँग हरेक वर्ष तीन वटा शृंखला खेल्ने अखिल नेपाल कबड्डी संघले सम्झौता गरेको छ ।

यसअघि नै नेपाली पुरुष टोलीले भने बंगलादेश भ्रमण गरिसकेका छन् । उक्त पाँच खेलको श्रृंखलामा बंगलादेशले ४–१ को जित निकालेको थियो । यस श्रृंखला एसिया कबड्डी महासंघको मान्यतामा भएको हो । कबड्डीमा कुनैपनि राष्ट्रिय महिला टोलीले पहिलोपल्ट श्रृंखला खेल्न लागेको अखिल नेपाल कबड्डी संघले उल्लेख गरेको छ । पछिल्लो दुई वर्षयता नियमित रूपमा प्रशिक्षण गर्दै नेपाली महिला कबड्डी टोलीले श्रृंखलामा पनि सोहीअनुरूप प्रदर्शन गरेको छ । नेपाली महिला टोली अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ । नेपाली टोली अहिले भारतको बिहारमा जुन १ देखि १३ सम्म हुने विश्वकपको तयारी पनि रहेको छ । यसैको तयारी स्वरूप नेपालले बंगलादेशसँग श्रृंखला खेलेको हो ।


प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?