३ चैत्र, काठमाडाैँ । दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । "आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ," एक
३ चैत्र, एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् । भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
३ चैत्र, एजेन्सी। यो वर्ष न्युजिल्यान्ड र अष्ट्रेलियामा आयोजना हुने महिला विश्वकप प्रतियोगिता प्रायोजनको अनुमति साउदी अरबलाई नदिने अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को निर्णयको खेल आयोजक दुवै देशले स्वागत गरेका छन् । प्रतियोगिताका सह–आयोजक न्युजिल्यान्ड र अष्ट्रेलियाले साउदी अरबको पर्यटन बोर्डले यस वर्षको महिला विश्वकपलाई प्रायोजन नगर्ने घोषणाको शुक्रबार स्वागत गरेका हुन्
२ चैत्र ,काठमाडौँ । बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’का लागि बेलायत सरकारकातर्फबाट उक्त अनुदान सहायता स्वीकार गरिएको हो । द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला
२ चैत्र ,काठमाडौँ । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका
२ चैत्र, एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अध्यक्षमा जियानी इन्फान्टिनो पुनः निर्वाचित भएका छन् । पेशाले वकिल उनी स्विस नागरिक हुन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको अध्यक्षमा इन्फान्टिनो निर्विरोध निर्वाचित भएका हुन् । आज यहाँ भएको फिफाको महाधिवेशनले उनलाई सन् २०२७ सम्मका लागि पुनः चयन गरेको हो । फिफाको
२ चैत्र, एजेन्सी । उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारीराखेको छ । पाँच दिनको अन्तरालमा
२ चैत्र, एजेन्सी । फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । "हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र त्यसपछि मेको अन्त्यमा हाम्रो व्यापार समूहहरूमा पुनर्संरचना र केही कटौतीको घोषणा गर्दैछौं" कम्पनीले जनाएको छ ।
२ चैत्र, एजेन्सी। भारतको पश्चिमी राज्य महाराष्ट्रमा एचथ्री एनटू भाइरस सङ्क्रमित दुई जनाको बुधबार मृत्यु भएको अधिकारीहरूले बताएका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री तानाजी सावन्तले भने, “सङ्क्रमित मृतकमध्ये एक जना अहमदनगर जिल्लाका मेडिकल विद्यार्थी भएको र अर्को एक जना नागपुरका ज्येष्ठ नागरिक भएको स्थानीय अस्पतालबाट प्राप्त सूचनामा उल्लेख छ । “दुवै बिरामीमा
२ चैत्र, एजेन्सी। म्यान्मारको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको म्यान्मार नाउले जनाएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् । आइतबार अनलाइनमा पोस्ट गरिएको तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्,