Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

पाकिस्तानका चार जिल्लामा भारी वर्षाका कारण ७ जनाको मृत्यु, ७२ जना घाइते


४ असार ,खैबर पख्तुनख्वा । आइतबार साँझ प्रान्तीय राजधानीको छेउमा बन्नु डिभिजनका तीन जिल्लामा भारी वर्षाका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य ७२ जना घाइते भएका छन्।

बन्नु डिभिजनमा ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् भने प्रान्तीय राजधानीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बन्नुका कमिश्नर परवेज सबतखेलले डनलाई बताए अनासर बन्नु, लक्की मारवत र उत्तरी वजिरिस्तान जिल्लाहरूमा तीव्र हावासँगै भारी वर्षा भएको छ।

उनका अनुसार बन्नु जिल्लामा तीन जनाको मृत्यु र ५१ जना घाइते भएका छन् भने लक्की मारवत जिल्लामा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन् । त्यसैगरी उत्तरी वजिरिस्तान जिल्लामा एक जनाको मृत्यु भएको छ ।

क्षतिको आँकलनका लागि प्रभावित क्षेत्रमा टोली पठाइएको र जिल्ला प्रशासनलाई सर्तक अवस्थामा राखिएको बताइएको छ । उनले विपद्पीडित जनतालाई तत्काल सहयोग पु¥याउनका लागि उपलब्ध सबै साधन स्रोत परिचालन गरिएको दाबी गरेका छन् ।

शक्तिशाली हुरी र मुसलधारे वर्षाले दक्षिणी क्षेत्रहरूमा व्यापक क्षति पुर्याएको छ । बाढीले सडकमा क्षति पुर्याएको छ। उद्धारकर्मीहरूले बन्नुको कक्की, खुजारी र हवेद क्षेत्रबाट उद्धार गरी १५ जना पीडितलाई अस्पताल पुर्यााएको उल्लेख गरेका छन्।

पेशावरमा वर्षाका कारण भएका विभिन्न दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको उद्धारकर्मीले जानकारी दिएका छन्। बडाभेरमा पर्खाल भत्किएको र निस्ताराबादमा मस्जिदको गोठ भत्किएको रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले बताएका छन् ।

त्यसैगरी हावाहुरीले गभर्नर हाउस बाहिरका रुखहरु ढलेका छन् । जुन १० मा बन्नु र लक्की मारवाट लगायत दक्षिणी क्षेत्रहरूमा आएको शक्तिशाली आँधी, भारी वर्षा र असिनाको पहिलो चरणमा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने १४५ जना घाइते भएका थिए ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?