Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता


३ असार, एजेन्सी । नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौं मानिसलाई बिजुली र खाने पानीको आपूर्तिमा समस्या भएको थियो ।

कीभका अनुसार रुसले योजनाबद्धरुपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको दाबी गरेको छ ।

युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैगरी खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन् ।

रुसले सन् २०२२ को फेब्रअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?