Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

ट्युनिसियाबाट ३९ जना कागजातबिहीन आप्रवासीको उद्धार


४ असार ,ट्युनिस । ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ ।

दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले आइतबार बताएका छन् ।

जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति उद्धार कार्य गरिएको थियो ।

उद्धारका क्रममा राष्ट्रिय नौसैनिक सुरक्षा बलका एक अधिकारीलाई आप्रवासी रहेको डुङ्गाबाट ढुङ्गाले आक्रमण गरेको तर उनीहरूलाई सकुशल नियन्त्रणमा लिइएको उनले बताए । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूले प्रयोग गर्ने युरोपको पहुँचको मुख्य बिन्दुहरू मध्ये एक हो ।

ट्युनिसियाली तटहरूबाट इटालीतर्फ सामान्यतया अनुकूल मौसमको कारण गर्मीको समयमा आप्रवासनमा जानेको सङ्ख्यामा अत्यधिक वृद्धि हुनेगर्छ ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?