Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

ट्युनिसियाबाट ३९ जना कागजातबिहीन आप्रवासीको उद्धार


४ असार ,ट्युनिस । ट्युनिसियाको नौसेनाले कागजात नभएका आप्रवासीहरूको ३९ जनाको एक समूहलाई उद्धार गरेको जनाएको छ ।

दक्षिणपूर्वी प्रान्त स्फ्याक्सको तटबाट विभिन्न अफ्रिकी देशका उनीहरूलाई नियन्त्रणमा लिइएको राष्ट्रिय सुरक्षा बलका प्रवक्ता होउसेमेडाइन जेबाब्लीले आइतबार बताएका छन् ।

जेबाब्लीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “स्फ्याक्सको लुआटाको तटमा शनिबार अबेर राति उद्धार कार्य गरिएको थियो ।

उद्धारका क्रममा राष्ट्रिय नौसैनिक सुरक्षा बलका एक अधिकारीलाई आप्रवासी रहेको डुङ्गाबाट ढुङ्गाले आक्रमण गरेको तर उनीहरूलाई सकुशल नियन्त्रणमा लिइएको उनले बताए । मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूले प्रयोग गर्ने युरोपको पहुँचको मुख्य बिन्दुहरू मध्ये एक हो ।

ट्युनिसियाली तटहरूबाट इटालीतर्फ सामान्यतया अनुकूल मौसमको कारण गर्मीको समयमा आप्रवासनमा जानेको सङ्ख्यामा अत्यधिक वृद्धि हुनेगर्छ ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?