Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

ग्रीक डुङ्गा दुर्घटनापछि घटनामा सम्लग्न रहेको आरोपमा १० व्यक्ति पक्राउ


३ असार ,मुजफ्फराबाद । ग्रीसको तटीय क्षेत्रमा दर्जनौं आप्रवासी डुबानमा फसेको केही दिनपछि पाकिस्तानी अधिकारीहरूले १० जना कथित मानव तस्करहरूलाई पक्राउ गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करीमा संलग्न भएको पुष्टि भएमा उनीहरूलाई तत्काल कारबाही गर्न आदेश दिएका छन् । हरेक वर्ष, हजारौं युवा पाकिस्तानीहरू राम्रो जीवनको खोजीमा अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा खतरनाक सामुद्रिक मार्ग हुँदै यात्रामा निस्कन्छन् ।

ग्रीसको पेलोपोनी प्रायद्वीपमा बुधबार डुबेको डुङ्गामा सवार दर्जनौँ पाकिस्तानी नागरिक रहेको र त्यसमा कम्तीमा ७८ जनाको मृत्यु हुनुका साथै सयौं बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार पाकिस्तान प्रशासित काश्मिरमा नौ जनालाई हिरासतमा लिइएको छ भने एक जनालाई गुजरातमा हिरासतमा लिइएको छ ।

पाकिस्तान प्रशासित काश्मिरका एक स्थानीय अधिकारी चौधरी शौकतले भन्नुभयो, “सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न संलग्न भएको आरोपमा उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले संयुक्त विज्ञप्ति जारी गर्दै डुङ्गामा ४०० देखि ७५० जनासम्म सवार रहेको बताएका छन् ।

शनिबार पाकिस्तानको विदेश मन्त्रालयले १२ जना नागरिक बाँच्न सफल भएको बताएको थियो तर डुङ्गामा कति जना सवार थिए भन्ने बारे कुनै जानकारी छैन । एक अध्यागमन अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै मृतक सङ्ख्या २०० नाघ्न सक्ने बताएका छन् । “मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध लड्ने प्रयासलाई तीव्रता दिन प्रधानमन्त्रीले कडा निर्देशन दिनुभएको छ,” उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक उथलपुथल र अर्थतन्त्रको पतनको सङ्घारमा पुगेको कारण दशौं हजार पाकिस्तानीहरू कानुनी र गैरकानुनी रूपमा देश छोड्न बाध्य भएका छन् । पूर्वी पञ्जाब र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका युवाहरू इरान, लिबिया, टर्की र ग्रीस हुँदै अवसरको खोजीमा हरेक वर्ष अवैध रूपमा युरोप प्रवेश गर्ने गरेका छन् ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?