Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

ग्रीक डुङ्गा दुर्घटनापछि घटनामा सम्लग्न रहेको आरोपमा १० व्यक्ति पक्राउ


३ असार ,मुजफ्फराबाद । ग्रीसको तटीय क्षेत्रमा दर्जनौं आप्रवासी डुबानमा फसेको केही दिनपछि पाकिस्तानी अधिकारीहरूले १० जना कथित मानव तस्करहरूलाई पक्राउ गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

प्रधानमन्त्री शहबाज सरिफले मानव तस्करीमा संलग्न भएको पुष्टि भएमा उनीहरूलाई तत्काल कारबाही गर्न आदेश दिएका छन् । हरेक वर्ष, हजारौं युवा पाकिस्तानीहरू राम्रो जीवनको खोजीमा अवैध रूपमा युरोप प्रवेश गर्ने प्रयासमा खतरनाक सामुद्रिक मार्ग हुँदै यात्रामा निस्कन्छन् ।

ग्रीसको पेलोपोनी प्रायद्वीपमा बुधबार डुबेको डुङ्गामा सवार दर्जनौँ पाकिस्तानी नागरिक रहेको र त्यसमा कम्तीमा ७८ जनाको मृत्यु हुनुका साथै सयौं बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार पाकिस्तान प्रशासित काश्मिरमा नौ जनालाई हिरासतमा लिइएको छ भने एक जनालाई गुजरातमा हिरासतमा लिइएको छ ।

पाकिस्तान प्रशासित काश्मिरका एक स्थानीय अधिकारी चौधरी शौकतले भन्नुभयो, “सम्पूर्ण प्रक्रियालाई सहजीकरण गर्न संलग्न भएको आरोपमा उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले संयुक्त विज्ञप्ति जारी गर्दै डुङ्गामा ४०० देखि ७५० जनासम्म सवार रहेको बताएका छन् ।

शनिबार पाकिस्तानको विदेश मन्त्रालयले १२ जना नागरिक बाँच्न सफल भएको बताएको थियो तर डुङ्गामा कति जना सवार थिए भन्ने बारे कुनै जानकारी छैन । एक अध्यागमन अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै मृतक सङ्ख्या २०० नाघ्न सक्ने बताएका छन् । “मानव बेचबिखनजस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध लड्ने प्रयासलाई तीव्रता दिन प्रधानमन्त्रीले कडा निर्देशन दिनुभएको छ,” उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राजनीतिक उथलपुथल र अर्थतन्त्रको पतनको सङ्घारमा पुगेको कारण दशौं हजार पाकिस्तानीहरू कानुनी र गैरकानुनी रूपमा देश छोड्न बाध्य भएका छन् । पूर्वी पञ्जाब र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका युवाहरू इरान, लिबिया, टर्की र ग्रीस हुँदै अवसरको खोजीमा हरेक वर्ष अवैध रूपमा युरोप प्रवेश गर्ने गरेका छन् ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?