Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

इरानबाट २ हजार ५०५ अफगान शरणार्थी स्वदेश फर्किए


५ असार, एजेन्सी । अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।

“इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्,” विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले शनिबार र आइतवार पाकिस्तानबाट ४७६ अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केको पनि जानकारी दिएको छ।

यसैगरी जनवरीदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थीहरू पाकिस्तानमा छन्।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीहरूलाई स्वदेश फर्केर युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?