Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

इरानबाट २ हजार ५०५ अफगान शरणार्थी स्वदेश फर्किए


५ असार, एजेन्सी । अफगानिस्तानको शरणार्थी मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा छिमेकी इरानबाट विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको उल्लेख गरेको छ ।

“इरानमा वर्षौं शरणार्थीका रूपमा बसेका व्यक्तिहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेपछि विगत तीन दिनमा कुल २,५०५ अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्,” विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले शनिबार र आइतवार पाकिस्तानबाट ४७६ अफगान शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्केको पनि जानकारी दिएको छ।

यसैगरी जनवरीदेखि अहिलेसम्म ६० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थीहरू पाकिस्तानमा छन्।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीहरूलाई स्वदेश फर्केर युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आह्वान गर्दै आएको छ ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?